मिस नेपाल श्रृङखला खतिवडा बनिन् राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बेस्डर

सफल खबर संवाददाता

बुधबार, १८ पुस २०७५, १४ : ५७
मिस नेपाल श्रृङखला खतिवडा बनिन् राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बेस्डर

काठमडौं । मिस वर्ल्डको यात्रा अवधीभर चर्चामा रहेकी मिस नेपाल श्रृङखला खतिवडाको लोकप्रियता सबैले देखिसकेका छन् । प्रतियोगितमा टप १२ सम्म पुगेर विश्वमाझ नेपाललाई चिनाएकी श्रृङखलाको व्यस्तता यतिबेला विभिन्न कार्यक्रम, बिज्ञापन र सामाजिक काममा नै रहेको छ । मकवानपुरस्थित चेपाङ बस्तीमा हेल्थपोस्ट बनाउँने काम अझै पनि जारी नै छ ।

हालै उनले एक कार्यक्रममार्फत प्रतियोगितामा भाग लिएका विश्वका सुन्दरीहरु छिट्टै नेपाल भ्रमणमा आउँन लागेको र चेपाङबस्तीमा हेल्थपोस्ट निर्माणका लागि मिस वर्ल्ड को अयाोजकले समेत सहयोगको प्रतिबद्धता जनाएको बताएकी छिन् । सुन्दरता र बौद्धिता दुबैले पोख्त श्रृङखलालाई पर्दामा उर्तान चाहाने निर्माता निर्देशकहरु धेरै छन् तर उनले फिल्ममा काम गर्ने कुनै इच्क्षा नरहेको र भबिष्यमा पनि नगर्ने बताईसकेकीछिन् ।

त्यसैले उनलाई ब्राण्ड एम्बेस्डर बनाउँन भने विभिन्न कम्पनीहरु ललायित देखिएका छन् । उनको लोकप्रियता देखेर नै श्रृङखलालाई राष्ट्रिय वाणिज्य बैंकले ब्राण्ड एम्बेस्डरको रुपमा चुनेको छ । बैंकका नायव महाप्रवन्धक एवं सूचना अधिकारी टेकराज जोशीका अनुसार श्रृङखलालाई ब्राण्ड एम्बेस्डरको नियुक्ती औपचारिकरुपमा बुधबार पत्रकार सम्मेलन गरी घोषणा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस