प्रधानन्यायाधीशमा जबराको नाम सर्वसम्मत अनुमोदन

सफल खबर संवाददाता

मंगलबार, १७ पुस २०७५, १४ : ४६
प्रधानन्यायाधीशमा जबराको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ । मङ्गलबार बसेको संसदीय सुनुवाई समितिको बैठकले राणाको नाम सर्वसम्मत रुपमा स्वीकृत गरेको हो ।

समितिका सभापति लक्ष्मणलाल कर्णले जबराले न्यायलय सुधार गर्ने प्रतिबद्धता र कार्ययोजना पेश गरेकाले प्रधानन्यायाधीशका लागि उनको नाम स्वीकृत गरिएको जानकारी दिनुभयो ।

समितिले प्रस्तावित प्रधानन्यायाधीश जबरासँग यही पुस १५ गते संसदीय सुनुवाइ गरेको थियो । सुनुवाइ नसकिएकाले आज सुनुवाइको लागि समितिको बैठक बोलाइएको थियो ।  
राणाको नाम समितिबाट स्वीकृत भएलगत्तै उनले सम्भवत आजै राष्ट्रपतिबाट सपथ लिने र पदभार ग्रहण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस