प्रियंका र निकको हनिमुनमा हंगामा

सोमबार, १६ पुस २०७५, १६ : ०३
प्रियंका र निकको हनिमुनमा हंगामा

काठमाडाैं । प्रियंका चोपडा र निक जोनसको बिहे भएको एक महिना भयो । यी दुईको बिहेपछिको फोटा सार्वजनिक भएका छन् । यी फोटा प्रियंका आफैँले सामाजिक सञ्जालमा पोस्ट गरेकी हुन् ।

अहिले प्रियंका र निक जोनस स्विट्जरल्यान्डमा हनिमुन मनाइरहेका छन् । प्रियंकाले हनिमुनका तस्बिर इन्स्टाग्राममा पोस्ट गरेकी हुन् । उनीहरूले खुबै मस्ती गरिरहेका छन् । फोटोमा प्रियंकाले क्याप्सन लेखेकी छिन्, ‘पडाहमा खुसीहरू !’

प्रियंकाले पोस्ट गरेको तस्बिरमा लाखौँ लाइक र हजारौँ कमेन्ट आएका छन् । प्रियंका सेतो रङको ज्याकेट र क्यापमा देखिएकी छिन् । निक भने नीलो रङको ज्याकेट र क्याप तथा चस्मामा देखिएका छन् । - नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस