ज्ञानबहादुर विसुराल नेपाल ह्याचरी उद्योग संघ चितवनको अध्यक्षमा चयन

शनिबार, १४ पुस २०७५, १३ : ५६
ज्ञानबहादुर विसुराल नेपाल ह्याचरी उद्योग संघ चितवनको अध्यक्षमा चयन

चितवन । नेपाल ह्याचरी उद्योग संघ चितवनको अध्यक्षमा ज्ञानबहादुर विसुराल चयन भएका छन । संघको १७ औं बार्षिक साधारण सभाले विसुराललाई दोश्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । 

१२ सदस्यीय नयाँ कार्य समितिको समितिको उपाध्यक्षमा परशुराम अधिकारी, सचिवमा मनोज रानाभाट, सहसचिवमा पुरु खनाल र कोषाध्यक्ष शिवराज उप्रेती चयन भएका छन । समितिको सदस्यहरुमा तारानाथ कुँवर, हरिकृष्ण खनाल, घनश्याम पौडेल, सुनिल ढकाल, दीपेश श्रेष्ठ, राजकुमार चौहान र प्रकास अधिकारी चयन भएका छन । सचिव र कोषाध्यक्ष बाहेक अन्य पद सहमतिमा चयन गरिएको भएपनि यि दुई पदमा भने निर्बाचन भएको थियो । शुक्रवार नै भएको निर्वाचनमा विष्णु प्रसाद पौडेललाई पछिपार्दै रानाभाट सचिवमा निर्वाचित भएका हुन ।

त्यसैगरी वलराम सापकोटालाई पछि पार्दै शिवराज उप्रेती कोषाध्यक्षमा निर्वाचित भएका थिए । पोल्टी महासंघका अध्यक्ष गुणचन्द्र विष्ट प्रमुख अतिथि रहेको सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, रत्ननगर नगरपालिकाका मेयर नारायण वन, कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ, चितवन उद्योग बाणिज्य संघका अध्यक्ष सहनलाल प्रधान लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस