‘जानी नजानी’को गीत ‘एउटीलाई मुटुमा घर’ सार्वजनिक

सफल खबर संवाददाता

शुक्रबार, १३ पुस २०७५, १५ : ४४
‘जानी नजानी’को गीत ‘एउटीलाई मुटुमा घर’ सार्वजनिक

काठमाडौं । लभ स्टोरी कथामा निर्माण भएको चलचित्र ‘जानी नजानी’को पहिलो गीत सार्वजनिक भएको छ ।  ‘एउटीलाई मुटुमा घर’ बोलको गीत आज काठमाण्डौमा कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो । 

अम्बिका शर्माको शब्द, अर्जुन पोखरेलको संगीत र स्वर रहेको गीतमा अर्जुनलाई स्वरमा साथ दुर्गा खरेलले दिएकी छन् । मनिष श्रेष्ठ र सुमी मोक्तानमाथि खिचिएको गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । गीतमा कोरियोग्राफीले गीतको बिट भने पक्रन नसकेको अनुमान लगाउन सकिन्छ । 

फिल्ममा मनिष र सुमीको अलवा निरिशा बस्नेत, सन्नी सिंह , नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसी लगायतको छ ।  प्रेम कथामा बनेको फिल्म १ चैत्रबाट प्रदर्शनमा आउनेछ । फिल्मको फिल्मको कथा,पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् भने यसै फिल्ममार्फत वसन्त अधिकारी निर्देशनमा डेब्यु गर्दैछन्  ।

फिल्ममा कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी छ । रोशनी इन्टरटेन्मेनटको व्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको लगानी रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस