अर्जुन पन्तको लय तथा शब्द सिर्जनामा “कस्तो लोकतन्त्र ”सार्वजनिक

सफल खबर संवाददाता

विहीबार, १२ पुस २०७५, १६ : ३६
अर्जुन पन्तको लय तथा शब्द सिर्जनामा “कस्तो लोकतन्त्र ”सार्वजनिक

चितवन । न्यू अन्जना डिजिटल मिडियाको प्रस्तुति नेपालको समसामयिक घटना क्रमलाई समेटेर अर्जुन पन्तको लय तथा शब्द सिर्जनामा गायिका तारा थापा र गायक हरिराम बिसिको आवाजमा मौलिक बास्तविक जन जिविकाको भोगाईमा आधारित गीत “कस्तो लोकतन्त्र ”सार्वजनिक भएको छ ।

नेपालमा ब्याप्त भष्टचार, बलत्कार र आतंङको अवस्थालाई गीतमा समेटिएको छ । गीतमा यम थापाको एरेन्ज, मान बहादुर बरालको मिक्सिङ रहेको छ । दिपक गिरीको छायाँकन, प्रकाश एस केको सम्पादन, निशान एस केको निर्देशन भिडियोमा रहेको छ । गीतको मर्म बमोजिम अर्जुन र ताराको अभिनय रहेको छ ।
 

 

प्रतिक्रिया दिनुहोस