सफलतापछि परिवारलाई धोका दिने यी १० सेलिब्रेटी

एजेन्सी

मंगलबार, १० पुस २०७५, १४ : १९
सफलतापछि परिवारलाई धोका दिने यी १० सेलिब्रेटी

मुम्बई । सफलताका लागि परिवारको साथ महत्वपूर्ण हुन्छ । बलिउडमा धेरै सेलिब्रेटीले परिवारको साथबाट सफलताको शिखर चुमेका छन् । आज चर्चा ती १० सेलिब्रेटीको गर्न खोजिएको छ जसले सफलतापछि परिवारलाई धोका दिए ।

अमीषा पटेल 
परिवारबाट आफूलाई मानसिक तनाब दिएको आरोप अमीषाले परिवारलाई लगाएकी छन् । उनले आफ्नो हरहिसाव पनि गडबडी गरेको आरोप लगाएकी थिइन् । उनले यो आरोप फिल्म ‘कहोना प्यार है’ र ‘गदर’ जस्तो हिट फिल्म दिएपछि लगाएकी हुन् ।

मन्दाना करीमी 
मन्दानाले श्रीमान् तथा उनको परिवारले आफूलाई पिडा पुर्याएको आरोप लगाएकी थिइन् । उनले भनेकी थिइन् ‘मलाई अभिनय छोड्ने दवाब समेत दिन्थे ।’

कृष्णा अभिषेश
कृष्णाले आफ्नो पूरै करियर गोविन्दाको भान्जा बनेर बिताएका थिए । बास्तबमा भने उनी अहिले गोबिन्दा र उनको परिवासँग कुराकानी पनि गर्दैनन् । करियरको सुरुवातको समय भने उनी गोबिन्दाको परिवारको साथमा रहन्थे । 

अरशद वारसी 
अरशदले पनि आफू चर्चित भएपछि परिवार तथा कजिन भाई अनवर हुसेनसँग टाढा रहेका थिए ।

प्रतीक बब्बर 
प्रतीकले पनि अभिनयमा डेब्यु गरेपछि बुबालाई अर्काे परिवार बाहिर राखेको आरोप लगाएका थिए । 

कंगना रनौत 
कंगना अहिले पनि परिवारसँग कुराकानी गर्दिनन् । बलिउड करियर दौरानमा उनलाई परिवारले साथ नदिएको आरोप छ ।

रोहित शेट्टी 
रोहित अहिलेका चर्चित तथा सफल निर्देशक हुन् । उनको पनि परिवारसँग सम्बन्ध राम्रो छैन । फिल्म करियर सफल भएपछि उनले भाइ हृदय शेट्टीसँग कुराकानी गरेका छैनन् ।

सिद्धार्थ सागर
लाखौ दर्शकलाई हसाउने टिभी स्टार सिद्धार्थले आमाले आफूलाई मेन्टल्ली टर्चर दिएको आरोप लगाएका थिए । परिवारले आफ्नो कमाइको दुरुपयोग गरेको आरोप समेत उनको थियो । 

सुरवीन चावला
फिल्म नगरिमा सुरवीनले धेरै समय बिताएकी छन् । अहिलेसम्म उनले आफूलाई स्थापित गर्न सफल भएकी छैनन् । चर्चित हुनका लागि उनले अंग प्रदर्शन समेत गरिन् । उनी पनि परिवारसँग कुराकानी गर्दिनन् । 

राहुल महाजन 
मनोरन्जन दुनिया प्रवेशको समय राहुल पनि परिवारसँग टाढा रहेका थिए । अहिले पनि उनी परिवारसँग टाढा नै छन् । 

प्रतिक्रिया दिनुहोस