दीपिकाले भनिन् रणवीरले सिउदोमा सिन्दुर भर्दैगर्दा …

रासस

मंगलबार, १० पुस २०७५, १३ : ३५
दीपिकाले भनिन् रणवीरले सिउदोमा सिन्दुर भर्दैगर्दा …

एजेन्सी । छ वर्षको प्रेम पछि नोभेम्बर १४ मा विवाह बन्धनमा बाधिएका बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहको विवाहका कुराहरु निरन्तर चर्चामा आईरहेका छन् । हालै फिल्मफेयरले लिएको एक अन्तर्वार्तामा दीपिकालाई विवाहकोको विशेष क्षण बारेमा सोधेको थियो ।

सो क्रममा उनले विवाह समयमा जब रणवीर उनको सिउदोमा सिन्दुर भर्दै थिए त उनलाई आफ्नो क्यारियरको पहिलो चलचित्र ‘ओम शान्ति ओम’ को एक चुट्कि सिन्दुर डाइलग्स याद आइ रहेको थियो । उनले भनिन् ‘धेरै विवाहमा भाग लिएको थिए तर यो विशेष अवस्थालाई आफ्नै विवाहमा अनुभव गरे ।’

प्रतिक्रिया दिनुहोस