आफ्नी श्रीमती अनुष्का शर्माको तारीफ गर्दा पनि गाली खाए विराट कोहलीले

एजेन्सी

मंगलबार, १० पुस २०७५, १३ : २३
आफ्नी श्रीमती अनुष्का शर्माको तारीफ गर्दा पनि गाली खाए विराट कोहलीले

एजेन्सी  । भारत र अष्ट्रेलियाबीच चार टेष्ट सरीज मध्ये दुई सिरीज हुन बाकी छ । टीम इन्डिया कप्तान विराट कोहली तेस्रो टेस्टको तयारी बिच केहि समय निकालेर हालै रिलीज भएको चलचित्र जेरो हेरेका छन् ।

चलचित्रमा आफ्नी श्रीमती अनुष्का शर्माको ट्विटरमार्फत अभिनयको तारीफ गरेपछि केही मानिसहरूले भने विराटको यो ट्विटलाई झूटो बताउदै गाली गरेका छन् । चलचित्रमा शाहरुख खान, अनुष्का र कट्रिना कैफ स्टारर चलचित्रको समीक्षा खासै राम्रो नभएपनि विराटले यो चलचित्र मन पराएका छन ।

विराटले ट्विटरमा लेखेका छन् , ‘मैले जिरो हेरे र मलाई चलचित्र धेरै राम्रो लाग्यो । मलाई धेरै मज्जा आयो, सबैले चलचित्रमा राम्रो अभिनय गरेका छन् । अनुष्का शर्माको भुमिका ज्यादै राम्रो लाग्यो किनभने मलाई लाग्छ उनीको भूमिकामा अत्यन्तै चुनौतीपूर्ण थियो र उनले अचम्मको अभिनय गरेकी छन्। ‘

विराटले चलचित्रको प्रशंसा गरेपछि उनीको ट्वीटको धेरै ट्रोल भएको थियो । मानिसहरुले सो पोष्टमा कयौँ टिप्पणी गरेका छन् । उनिहरुले लेखेका छन् ‘श्रीमतिको चलचित्र हो , त्यसैले विराटले यस्तो पोस्ट लेखेका हुन् ।’ केही मानिसहरूले भने विराटको यो ट्विटलाई झूटो बताउदै गाली समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस