भरतपुरमा न्यू इयर इभ कार्यक्रम हुने

सोमबार, ०९ पुस २०७५, १८ : ४८
भरतपुरमा न्यू इयर इभ कार्यक्रम हुने

चितवन । एलएनएस मोडेल म्यानेजमेन्ट प्रा.लीको आयोजनामा बाग्लुङ ज्वेलर्स नारायणगढले नयाँ वर्ष २०१९ को  स्वागतका लागि विशेष प्याकेजसहितको सांगितिक कार्यक्रम गर्ने भएको छ । ३१ डिसेम्बर साँझ ५ बजेदेखि विशेष सांगितिक प्रस्तुती, फेशन शो, बडी बिल्डर्स शो,¥ याम्प मोडल वाचजस्ता प्याकेजसहितको कार्यक्रम न्यू इयर इभ (एन.वाइ.इ) गरीने इभेन्ट म्यानेजर सुर्वण खड्काले जानकारी दिनुभयो । कार्यक्रममा मुख्य आकर्षणका रुपममा गायक शिव परियार आउने तय भएको उहाँले बताउनुभयो । “हामीले यो कार्यक्रम नयाँ वर्षको शुभकामना आदानप्रदानका लागि स्वस्थ्य जमघट हुने थलोका रुपमा आयोजना गर्दै छौं,” इभेन्ट म्यानेजर खड्काले भन्नुभयो,“करिव दुई सय जनाको उपस्थिति रहने छ ।”
पश्चिमा संस्कृतिको रुपमा लिइने अंग्रेजी नयाँ वर्षले पछिल्लो समय नेपालीहरुमा पनि विशेष महत्व राख्न थालेकाले नयाँ वर्षको स्वागतका लागि कार्यक्रमको सोच बनेको इभेन्टका निर्देशक अमृत खड्काले बताउनुभयो ।


कार्यक्रम नितान्त मननोरञ्जनको सोचले विकास भएपनि कार्यक्रमबाट खर्च कटाएर हुने आम्दानीलाई सामाजिक क्षेत्रमा खर्च गर्ने योजना बनेको उहाँको भनाई छ ।“हामी पहिलो पटक कार्यक्रम गर्दै छौं, हाम्रो रमाइलोको कार्यक्रम गर्दैगर्दा असहायहरुका लागि पनि केही गर्न सकिन्छ की भन्ने सोच छ, कार्यक्रमको खर्च कटाएर बाँकी रकम हामी सहयोगापेक्षीलाई प्रदान गर्ने छौं,” उहाँले भन्नुभयो ।
होटल गार्डेन रिर्सोट भरतपुरमा आयोजना गरिने कार्यक्रमको लागि नर्मल र भिआइपी गरी दुई प्रकारको टिकटको व्यवस्था गरिएको  इभेन्टका बजार व्यवस्थापक श्रीराम पन्तले बताउनुभयो । नर्मल टिकटका लागि १५ सय रुपैयाँ र भिआईपि टिकटका लागि २५ सय रुपैंया तोकिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस