गाेरखा । नेकपा माअाेवादी केन्द्रका नेता तथा गाेरखा-१ का प्रतिनिधि सभा उम्मेदवार हरिराज अधिकारीले स्थिर सरकार बने देशकाे बिकास हुने दावी गरका छन् ।
गण्डकी गाउँपालिका-४ फुजेलमा भएकाे चुनावि भेला तथा मतदाता भेटघाटका क्रममा बाेल्दै उनले भने 'देशमा ६/९ महिने सरकार बनेकाले बिकास हुन नसकेकाे छैन, कम्तिमा ५ बर्षे सरकार भन्याे भने मात्र देशकाे बिकास हुन्छ ।
फुजेलमा जनयुद्धका क्रममा भएका सानातिना घटनालाई अात्मालाेचना गर्दै सबै मिलेर अघि बढ्नु पर्नेमा समेत उनले जाेड दिए । सरकार काम चलाउ रहेकाे भन्दै उनले भने, 'सरकार कमामकाजी भईसकेकाे छ , सरकारले जनताकाे करबाट राज्यकाेषकाे पैसा मात्र खाँदै अाएकाे छ । बिकासका नाम केही पनि गर्न सकेकाे छैन् ।' मन्त्री थप्नु नै शेरबहादुर देउवा नेतृत्वकाे सरकारकाे ठुल्लाे उपलब्धि भएकाे उनले अाराेप लगाए ।
बामगबन्धनका उम्मेदवारले बिजयी हासिल गरेमा बुढिगण्डकी अायाेजना प्रभावितका जायज मागहरू पुरा गरि निर्माण कार्य अघि बढाउन पहल गरे उनले प्रतिबद्वता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस