सञ्चारकर्मी सुरज पौडेलको शब्दमा ‘जुनको किरण’

सफल खबर संवाददाता

शनिबार, ०७ पुस २०७५, ०९ : १३
सञ्चारकर्मी सुरज पौडेलको शब्दमा ‘जुनको किरण’

चितवन । सञ्चारकर्मी सुरज पौडेलको शब्दमा रहेको आधुनिक गीत ‘जुनको किरण’ बजारमा आएको छ । लामो समयदेखि चितवनमा रहेर सञ्चार क्षेत्रमा काम गर्दै आईरहेका पौडेलको गीतमा चर्चीत गायक शिशिर योगीले आवाज भरेका छन् ।

यो गीतमा संसारकै प्रिय व्यक्ति आफ्नो प्रेमिका लाग्ने बताईएको छ । १० बर्षअघि लेखिएको गीतलाई पुनलेखन गरी गीतलाई बजारमा ल्याईएको शब्द संकलक पौडेले जानकारी दिए ।

यस गीतमा अभिलाषा शर्मा र निराजन राउतको छ । दिपक विश्वकर्माले संगित भरेको गीत हाटबिट नेपाल युट्यिुबमार्फत बजार आएको छ । 
 

 

प्रतिक्रिया दिनुहोस