आन्दोलनरत कपडा उद्योगीहरुको माग सम्बोधन

सफल खबर संवाददाता

मंगलबार, ०३ पुस २०७५, १७ : ५३
आन्दोलनरत कपडा उद्योगीहरुको माग सम्बोधन

काठमाडौं । सरकारले आन्दोलनरत कपडा उद्योगीहरुको माग सम्बोधन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कपडा उद्योगीहरुलाई बैंकको ब्याजमा अनुदान दिने, भन्सार छुट दिने लगायतका निर्णय गरेको हो ।

उद्योगीहरुको माग सम्वोधनका लागि गठित समितिले दिएको सुझावका आधारमा सरकारले निर्णय लिएको सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

सरकारले दिँदै आएको भ्याट छुट सुविधा खोसिएपछि कपडा उद्योगीहरुले आन्दोलन गरेका थिए ।सरकारको नयाँ निर्णयअनुसार अब कपडा उद्योगहरुले विद्युत महशुलमा ५० प्रतिशत नगद अनुदान पाउने छन् । यसैगरी उद्योगको मिलमेसिनरी सामान आयातमा एक प्रतिशत मात्र भन्सार लिइनेछ । जबकी यो १ देखि १५ प्रतिशतसम्म भन्ने थियो ।

कपडा उद्योगीहरुले लिएको वा अब लिने बैंकको ऋण्नको ब्याजदरमा ५ प्रतिशत अनुदान दिइनेछ भने उत्पादन निर्यात गर्दा पनि ५ प्रतिशत अनुदान दिइनेछ ।
यसअघि दिइदै आएको दिइरहेको छुट तथा सुविधा पनि नखोसिने मन्त्री बास्कोटाले बताए ।

प्रतिक्रिया दिनुहोस