यी हुन् लोभलाग्दो तलब दिने कम्पनी र संघसंस्था

सफल खबर संवाददाता

मंगलबार, ०३ पुस २०७५, १५ : ०२
यी हुन् लोभलाग्दो तलब दिने कम्पनी र संघसंस्था

काठमाडौं । नेपालभित्र यस्ता केही कम्पनी र संघसंस्था छन्, जसले आफ्ना कर्मचारीलाई दिने तलब निकै लोभलाग्दो छ । नेपालका विभिन्न क्षेत्रमा अब्बल ठहरिएका केही कम्पनी तथा संस्थाले आफ्ना कर्मचारीलाई तलब, सुबिधा, बोनस दिने गरेका छन् ।

एनसेल :

नेपाली कर्पोरेट क्षेत्रमा आफ्ना कर्मचारीहरुलाई सबैभन्दा बढी तलव दिने संस्था हो एनसेल । एनसेलमा तल्लो तहदेखि उपल्लो तहसम्म काम गर्ने कर्मचारीको तलव निकै नै लोभलाग्दो छ । एनसेलमा ’कस्टुमर केयर’ देखि ब्यबस्थापकसम्म सबैको तलव निकै नै लोभलाग्दो छ । एनसेलमा ’कस्टुमर केयर’मा दैनिक ३ घण्टामात्र काम गर्नेको औसत मासिक कमाइ १८००० भन्दा माथि छ । जवकी १८००० कमाउन ’फुलटाइम’ काम गर्नुपर्ने कम्पनीहरु नेपालमा निकै नै बढी छन् । अझ एनसेलमा उपल्लो तहका कर्मचारीहरुको तलव झन् लोभलाग्दो छ। वित्तीय व्यवस्थापन, बजार ब्यबस्थापन, लेखा लगायतका विभागका प्रमुखहरुले एनसेलमा निकै राम्रो कमाइ गर्छन् । उनीहरुको तलव विभाग हेरेर १ लाख देखि ३ लाखसम्म छ भने अरु थुप्रै सुविधाहरु पनि कम्पनीले दिएको छ । कम्पनीले बाँढ्ने बोनसको रकम अझ मोटो हुने गर्दछ । यसरी कम्पनीले दिएको सम्पूर्ण रकम र सुविधाहरुको हिसाव गर्ने हो भने नेपालमा कर्पोरेट क्षेत्रमा सबैभन्दा राम्रो तलव दिने कम्पनी एनसेल रहेको सरोकारवालाहरु बताउँछन् ।

स्ट्याण्डर्ड चार्टड :

नेपाली बैंकिंङ क्षेत्रमा आफ्ना कर्मचारीहरुलाई अरु बैंकहरुले भन्दा निकै नै राम्रो तलव सुबिधा दिने संस्था भनेको स्ट्याण्डर्ड चार्टड बैंक हो । यसो त बैंकलाइ राम्रो तलव सुबिधा दिने संस्थाको रुपमा चिनिन्छ । तर धेरै बैंकको हकमा पछिल्लो समय बैंकमा उपल्लो तहका कर्मचारीहरुको तलव निकै नै राम्रो भएपनि तल्लो तहका कर्मचारीएहरुको तलव औसत मात्र हुने गरेको छ । स्ट्याण्डर्ड चार्टड बैंकमा भने तल्लो तहमा काम गर्ने कर्मचारीहरुको तलव सुबिधा पनि निकै राम्रो छ । स्ट्याण्डर्ड चार्टड बैंकमा सीईओको बार्षिक तलव २ करोड हाराहारीमा छ भने सीईओलाइ दिईने अन्य सुबिधाहरु पनि निकै राम्रो छ । बैंकमा ब्यबस्थापन तहमा काम गर्ने कर्मचारीको तलव पनि निकै लोभलाग्दो छ । विभिन्न विभागका ब्यबस्थापन प्रमुखहरुको तलव मासिक ३ लाख हाराहारीमा छ भने ति विभागमा काम गर्ने अन्य कर्माचारीको तलव सुबिधा पनि निकै राम्रो छ ।

हायत रेजेन्सी :

राम्रो तलव सुबिधा दिने संस्थाहरुमा पाँच तारे होटल पनि एक हो । होटलमध्ये पनि ’अन्तराष्ट्रिय चेन’ होटल भएकाले होटल हायत रेजेन्सीले आफ्ना कर्मचारीहरुलाई दिने तलव सुविधा निकै नै राम्रो छ । व्यवस्थापन विभागतर्फ काम गर्ने कर्मचारीहरुको औसत तलव झन्डै ४ लाखभन्दा माथि छ भने होटलमा काम गर्ने कुक, वेटर, हाउसकीपीङमा काम गर्ने कर्मचारी र अन्य कर्मचारीहरुले नेपालका नयाँ होटलको तुलनामा निकै राम्रो तलव पाउने गरेका छन् । अझ होटलको क्यासिनोमा कार्यरत कर्मचारीहरुको तलव त झनै लोभलाग्दो छ । क्यासिनोमा काम गर्ने महिला, बार टेन्डरहरुको तलव पनि बोनस सहित झन्डै लाख रुपियाँ मासिक हुन आउँछ । ७लदकउस होटल तथा क्यासिनोमा भने पाहुनाहरुले दिने टिप्स बढी हुने भएकाले र त्यसमा पनि बढी बिदेशी मुद्रा हुने हुनाले कुल तलव बढी आएको हो ।

सेभ द चिल्ड्रेन :

नेपालमा काम गर्ने विभिन्न गैर सरकारी संस्थाहरुमध्ये सबैभन्दा राम्रो तलव सुबिधा दिने गैर सरकारी संस्था भनेको ’सेभ द चिल्ड्रेन’ हो । यस संस्थामा काम गर्ने सवारी चालकदेखि लेखा अधिकृत, वा प्रोजेक्ट ब्यबस्थापकसम्मको तलव निकै नै लोभलाग्दो छ । ’मैले सेभ द चिल्ड्रेनमा कम्प्युटर अपरेटर भएर एक बर्ष काम गरें । मेरो औसत मासिक तलव झन्डै ९०,००० थियो । ’ सेभ द चिल्ड्रेनका एक भूपु कर्मचारीले बताए । उनका अनुसार, लेखा, लेखापरिक्षण, प्रोजेक्ट संचालन जस्ता विभागमा काम गर्ने सामान्य कर्मचारीको मासिक तलव नै १ लाखभन्दा माथि हुन्छ भने संस्थामा काम गर्ने उपल्लो तहका कर्मचारीहरुको तलव मासिक ४ लाखभन्दा बढी हुन्छ । 

चेल्सी इन्टरनेश्नल :

नेपाली सिक्षा क्षेत्रमा निकै नै राम्रो तलव सुविधा दिने संस्थाहरुमध्ये काठमाडौँको चेल्सी इन्टरनेश्नल स्कुल तथा कलेज अगाडी आउँछ । हुन त काठमाडौँका सेट जिभियर्स, सेट मेरिज, जेम्स, लिटिल एन्जल्स, राइ इन्टरनेशनल, मोर्डन इन्डियन लगायतका संस्थाहरुले पनि आफ्ना कर्मचारीहरुलाई निकै नै राम्रो तलव सुबिधा दिने गरेका छन् । तर ति संस्थाहरुमध्ये पनि चेल्सीले आफ्ना कर्मचारीहरुलाई दिने तलव बढी छ । चेल्सीमा कर्मचारीहरुले पाउने तलव बाहेकका सुविधाहरु पनि अरुको तुलनामा बढी छ । चेल्सीमा ’फुलटाइम’ अध्यापन गराउने शिक्षकको तलव नै बार्षिक रुपमा बोनस सहित हिसाव गर्ने हो भने मासिक झन्डै लाख रुपैयाँभन्दा माथि आउँछ । चेल्सीमा अन्य विभागमा काम गर्ने कर्मचारीको पनि तलव निकै नै राम्रो छ । 

नर्भिक :

अस्पतालमा काम गर्ने कर्मचारी शैक्षिक तथा दक्ष जनशक्ति बढी हुनाले पनि अस्पतालका कर्मचारीहरुको तलव सुबिधा राम्रो हुने गर्दछ । त्यसमा पनि ओम, नर्भिक, बिएण्डबि लगायतका अस्पतालहरुमा आफ्ना कर्मचारीहरुलाइ निकैनै राम्रो तलव सुविधा दिने गरिन्छ । यहाँ काम गर्ने डाक्टरहरुले समेत अन्य अस्पतालमा काम गरेभन्दा बढि तलव पाउँछन् भने नर्भिकका काम गर्ने तल्लो तहका कर्मचारीहरुको तलव पनि अन्य अस्पतालको भन्दा बढि छ । 

उत्पादन क्षेत्र : 

नेपालमा काम गर्ने डाबर नेपाल, सुर्य नेपाल, बरुण वेवरेज, बोटलर्स नेपाल, युनिलिभर नेपाल जस्ता कम्पनीहरुमा निकै नै राम्रो तलव सुविधा रहेको छ । यी कम्पनीहरुमध्ये पनि युनिलिभर नेपाल र डाबर नेपालमा काम गर्ने कर्मचारीहरुको तलव निकै नै राम्रो छ । यी कम्पनीहरु मध्ये सुर्य नेपाल, युनिलिभर नेपाल, र डाबर नेपालमा तल्लो तहमा काम गर्ने कर्मचारीकै तलव मासिक ३० हजारभन्दा बढी तलव हुन्छ भने उपल्लो तहका कर्मचारीहरुको मासिक औसत तलव ३ लाखभन्दा बढी हुन्छ ।
 

प्रतिक्रिया दिनुहोस