पर्सामा तस्करहरुले लुटे प्रहरीको हतियार, तीन प्रहरी घाइते

सफल खबर संवाददाता

मंगलबार, ०३ पुस २०७५, ११ : ५४
पर्सामा तस्करहरुले लुटे प्रहरीको हतियार, तीन प्रहरी घाइते

पर्सा । पर्सामा तस्करहरुले प्रहरीमाथि आक्रमण गरी हतियार लुटेका छन् । आक्रमणबाट तीन जना प्रहरी घाइते भएका छन् । 
पर्साको जगरनाथपुर गाउपालिका वडा नम्बर १ पाँडेपुर प्रहरी चौकीका इन्चार्ज सहायक निरीक्षक विसुनदेवा यादवसहितलाई गएराति कुटपिट गर्दै भारतिय र नेपाली तस्कले हतियार लुटेका हुन् । 

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार राती तीन बजेको समयमा नेपाल भारत सीमानाकामा पर्ने  पाँडेपुरबाट भारततर्फ डिजेल तस्करी भइरहेको भन्ने सूचनाका आधारमा तस्करहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि उल्टै आक्रामण भएको हो ।  भारतमा भन्दा नेपालमा इन्धन सस्तो पर्ने भएकाले पछिल्लो समय नेपाल–भारत सीमामा तस्करी गर्ने सिलसिला चल्दै आइरहेको छ । सरकारले यसको नियन्त्रण गर्ने बताउँदै आए पनि त्यसो हुन सकेको छैन ।

तस्कर समूहसहित करीब दुई सय जनाको संख्याका स्थानीयले जगननाथपुरमा रहेको प्रहरी चौकी घेराउ गर्दै प्रहरीमाथि आक्रमणमा उत्रिएका थिए । आक्रमणमा नेपाल प्रहरीका असई विष्णुदेव यादव, प्रहरी हवल्दार प्रेमबहादुर राना र अर्जुन चौधरी घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ ।

प्रतिक्रिया दिनुहोस