चितवन । नेपालमा सबैभन्दा कम उमेर प्रधानमन्त्री भएको व्यक्ति हो हुन् ? हाजिरीजवाफमा प्रश्न सोधे उत्तर दिनुपर्छ–डा तुलसी गिरी । उनी ३४ वर्षकै उमेरमा प्रधानमन्त्री बन्न सफल भएका थिए ।
२०१७ सालमा राजा महेन्द्रले जन निर्वाचित संसद र सरकारलाई भङ्ग गरी पञ्चायती व्यवस्था लादेपछि डा तुलसी गिरी एकाएक लाइटमा आए । तत्कालीन राजा महेन्द्रले जननिर्वाचित संसद भङ्ग गरेर पञ्चायती व्यवस्था सरु गरेपछि त्यतिबेला मन्त्रीपरिषदको उपाध्यक्ष बनेका थिए डा गिरी ।
२०१७ सालमै तत्कालीन राजा महेन्द्रले निर्वाचित सरकार अपदस्थ गरेपछि डा गिरीको भाग्य खुल्यो । महेन्द्रले बिपी कोइरालालाई हटाएर गिरीलाई पहिलो पटक प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । जतिबेला उनी ३४ वर्षका मात्र थिए ।
राजाले शासन सत्ता हातमा लिएका बखत पटकपटक प्रधानमन्त्री बनाइएका व्यक्ति हुन् डा गिरी ।
राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा देशको शासन सत्ता हातमा लिएर प्रत्यक्ष शासन सुरु गरेपछि डा गिरी पुनः मन्त्रीपरिषदको उपाध्यक्षसमेत भएका थिए ।
नेपाली कांग्रेसको एकमहिना सरकारमा परराष्ट्र मन्त्रीसमेत भएका थिए डा गिरी । डा गिरीलाई नेपालमा ‘पन्चायत व्यवस्थाको जननी’ समेत मनिन्छ । २०२१ सालमा गिरी दोस्रो पटक प्रधानमन्त्री बनेका थिए उनी ।
राजा महेन्द्रलाई सहयोग गरेका उनले राजा वीरेन्द्रको ३६ सालमा जनमत संग्रहमा असहमति जनाउँदै श्रीलंकातिर लागेका थिए । उनी लामो समयदेखि विदेशमा बस्दै आएका थिए । २०६१ नेपालमा माघ १९ गतेको राजनीतिक घटना पछि पुनः उनको अर्को पटक भाग्यो खुल्यो ।
तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नो शासनकालमा मन्त्रिपरिषद्को उपाध्यक्ष बनाए डा गिरीलाई । राजतन्त्र ढलेर नेपालमा गणतन्त्र आए पनि उनी बाहिरी देश गएनन् । नेपालमै बसेका थिए । वरिष्ठ राजनीतिज्ञ गिरी आफ्नो जीवनकालभरि राजतन्त्रका पक्षधरमा वकालत गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ पुस २०७५, १० : ५७
लेखकबाट थप