पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको निधन, भोलि अन्त्येष्टि गरिने

सफल खबर संवाददाता

मंगलबार, ०३ पुस २०७५, १० : १६
पूर्वप्रधानमन्त्री डा  तुलसी गिरीको निधन, भोलि अन्त्येष्टि गरिने

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको आज बिहान निधन भएको छ । बूढानीलकण्ठस्थित सिद्धार्थ कोलनीमा रहेको आफ्नै निवासमा ९३ वर्षको उमेरमा गिरीको निधन भएको हो । 
कलेजोको क्यान्सरको उपचार गराइरहनुभएका पूर्वप्रम गिरीको आज बिहान ६ बजे निधन भएको उहाँका श्रीमती सराह गिरीले जानकारी दिनुभयो । सन् १९६० देखि सन् २००५ सम्म सक्रिय राजनीति गर्नुभएका गिरी पछिल्लो समय मुटु रोगबाटसमेत पीडित हुनुहुन्थ्यो । 
विश्वेश्वरप्रसाद कोइरालाको मन्त्रिमण्डलमा सदस्यका रुपमा काम गर्नुभएका गिरीले प्रधानमन्त्री र तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा मन्त्रिपरिषद्को उपाध्यक्ष भई काम गर्नुभएको थियो । उहाँको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज निवासमै राखिने र बुधबार पशुपतिमा अन्त्येष्टि गरिने परिवारले जनाएका छन् । उहाँका श्रीमती, दुई छोरा र चार छोरी छन् । 
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । 
प्रधानमन्त्री ओलीले केहीबरअघि ट्विट गर्दै पूर्वप्रम गिरीको निधनको खबरले आफूलाई दुःख लागेको र यस घडीमा स्व गिरीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । 
 

प्रतिक्रिया दिनुहोस