अनलाईन स्टोरबाट समान खरिद गर्दा जनता बैंकको भीसाकार्डमार्फत तुरुन्त भुक्तानी गर्न सकिने

सफल खबर संवाददाता

सोमबार, ०२ पुस २०७५, १७ : १२
अनलाईन स्टोरबाट समान खरिद गर्दा जनता बैंकको भीसाकार्डमार्फत तुरुन्त भुक्तानी गर्न सकिने

काठमाडौं । ईन्टरनेटको प्रयोगमा भएको बृद्धिसंगै सोको माध्यमद्धारा बजारमा बिभिन्न किसिमका बस्तु तथा सेवाको खरिद बिक्रि पनि बढ्दो क्रममा रहेको छ । समय अनुरुप आफ्नो सेवा विस्तार तथा डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले जनता बैंकले आफ्ना ग्राहकहरुलाई ईन्टरनेटमार्फत गरिएको वस्तु तथा सेवाको खरिदमा कार्डमार्फत तुरुन्त भुक्तान गर्न सकिने सेवाको शुरुवात गरेको छ ।

जनता बैंकका कार्ड होल्डरहरुले अबदेखि नेपाल र भारतका विभिन्न अनलाइन स्टोरहरुबाट समान खरिद गर्दा बैंकको कार्ड नं. उल्लेख गरेर तुरुन्त भुक्तानी गर्न सक्नेछन् । यो सेवा लिने ग्राहकहरुले प्रत्येक कारोबार गर्दा आफ्नो इमेल तथा मोबाईलमा छुट्टै पिन नम्बर प्राप्त गर्ने छन्, जसले गर्दा कार्ड कारोबारलाई अझै सुरक्षित बनाउने छ । सो सेवा लिनका लागि ग्राहकसंग बैंकको डेविट वा क्रेडिट कार्ड भएको हुनुपर्ने छ । यो सेवा प्रयोग गरे बापत कुनै थप शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको छ । 

साथै बैंकले विदेशस्थित विश्वविद्यालय/कलेजसंग सम्बन्धि बिभिन्न शुल्कहरु सम्बन्धित विश्वविद्यालय/कलेजको खातामा सोझै जम्मा गर्न सकिने सेवाको समेत शुरुवात गरेको छ ।

भिसा इन्टरनेशनलको ‘भेरिफाइडबाई भिसा’मा आधारित यो प्रविधिबाट गरिएको अनलाइन कार्ड कारोबार पूर्ण सुरक्षित रहेको छ । यस सेवा मार्फत सुरक्षित रुपमा नगद रहित कारोवारलाई प्रोत्साहन गर्नुको साथै विदेशमा अध्ययन गर्ने विद्यार्थीहरुलाई झन्झट रहित भुक्तानीको अवसर प्राप्त हुने विश्वास लिइएको छ । 
 

प्रतिक्रिया दिनुहोस