डुंगा शयर गर्दै घर भित्र्याइयो गैंडा

सफल खबर संवाददाता

सोमबार, ०२ पुस २०७५, १० : ५६
डुंगा शयर गर्दै घर भित्र्याइयो गैंडा

चितवन । चितवन राष्ट्रिय निकुञ्बाट बाढीले बगाएर भारत पुगेका गैंडा डुंगा शयर गर्दै घर फर्केको छ । गत वर्ष राप्ती नदीमा आएको बाढीले बगाएर भारत पु¥याएको गैंडा लामो समय पछि घर फर्केको हो ।
करीब १५÷२० वर्षको पोथी गैँडालाई गए राति डुंगाबाट घर ल्याइएको हो । अझै चितवन राष्ट्रिय निकुञ्जका दुई गैंडालाई घर फर्काउन परेको निकुञ्जले जनाएको छ । 
यसअघि पनि बाढीले बगाएका १० गैँडालाई राष्ट्रिय प्रकृति संरक्षण कोष र चितवन निकुञ्जको संयुक्त टोलीले घर ल्याएको थियो । केही गैँडा भारतको तल्लोभागमा पुगेकाले गैंडा घर फर्कन सकेको थिएन । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकाल एउटा गैंडा घर फर्काउन सफल भइएको बताउनुभयो । एउटा गैंडालाई घरमा भित्र्याउन ३ हात्तीको प्रयोग गरिएको थियो । 

उक्त गैँडालाई राति करीब ११ बजे चितवन निकुञ्जको तमोरताल नजिकै ल्याएर छाडिएको निकुञ्जले जनाएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष र चितवन निकुञ्जका वन्यजन्तु प्राविधिक तथा पशु चिकित्सकसहित ३० भन्दा बढी संरक्षणकर्मी उद्धारमा खटिएका निकुञ्जको भनाइ छ । 
यसअघि भारतको असहयोगका कारण गैंडा घर भित्र्याउन नसकिएको संरक्षणकर्मीहरुको भनाइ छ । सुस्तावासीको सहयोगका कारण गैंडालाई घर ल्याउन सकिएको उनीहरु बताउँछन् । रातभर जाग्राम बसेर सुस्तावासीले गैंडालाई घरमा ल्याउन सहयोग गरेका थिए । 
गैँडालाई ठूलो डुङ्गामार्फत नारायणी तारेर नवलपरासीको त्रिवेणी ल्याइएको थियो । त्यसपछि ट्रकमा राखेर राति नै चितवन ल्याइएको हो ।
निकुञ्जको उक्त गैँडा १५÷२० दिनअघिदेखि नै भारतीय भूमिमा देखिन थालेको थियो । भारतीय क्षेत्रमा भएकाले गैँडा उद्धारका लागि भारतले अनुमति दिएको थिएन । 

प्रतिक्रिया दिनुहोस