विवाहपछि स्क्रिनमा चुम्बन गर्नेबारे के भन्छिन् त दीपिका पादुकोण ?

एजेन्सी

आइतबार, ०१ पुस २०७५, १९ : ४२
विवाहपछि स्क्रिनमा चुम्बन गर्नेबारे के भन्छिन् त दीपिका पादुकोण ?

एजेन्सी । बलिउडको नवविवाहित जोडी दीपिका पादुकोण र रणबीर सिंहको भविष्यको योजनाबारे जान्न प्रशंसकहरु उत्सुक छन् । रणबीर सिंहले सन्तानको योजनाबारे हालै कुरा गरेका थिए भने अब दीपिकाले विवाहपछि अनस्क्रिन किसिङमा आफ्नो प्रतिक्रिया दिएकी छिन् ।

फिल्मफेयरलाई दिएको एक अन्तर्वार्तामा जब दीपिका पादुकोणलाई अब फिल्मसँगको कन्ट्र्याक्टमा ‘अनस्क्रिन नो किसिङ क्लज’ (पर्दामा अब चुम्बन नगर्ने शर्त) जोड्नुहुन्छ भन्ने प्रश्न सोधियो । यसको उत्तरमा दीपिकाले ‘छि !’ भन्दै प्रतिक्रिया दिएकी छिन् ।

दीपिकाको यस्तो प्रतिक्रियाले स्पष्ट हुन्छ कि विवाहपछि पनि उनी आफ्नो व्यवसायिक जीवनमा कुनै शर्त लागु गर्ने छैनन् ।

विवाहअघि नेहा धुपियाको टक शोमा दीपिका पादुकोणले रणबीर सिंह बलिउडमा उत्कृष्ट किसर हुन भनेकी थिइन् । स्मरण रहोस्, विवाहपछि सेफ अली खानले नो किसिङ क्लज राखेका थिए । सलमान खान पनि अनस्क्रिन चुम्बन गर्न रुचाउँदैनन् ।

सन्तानको योजनामा रणबीरले दिएका थिए यस्तो जवाफः
रणबीरले एक कार्यक्रमको क्रममा सन्तानको योजनाबारे खुलेर कुराकानी गरे । उनले भनेका थिए, ‘यो निर्णय मेरो कम र दीपिकाको धेरै हुनेछ । यसबारेको कुनै पनि निर्णय मैले दीपिकामाथि छोडेको छु ।’

उनले थपे, ‘दीपिका हरेक मामलामा मभन्दा उत्कृष्ट छिन् । उनी मभन्दा समझदार छिन् भनेर स्विकार्न पनि मलाई कुनै आपत्ति छैन ।’

प्रतिक्रिया दिनुहोस