थाहा पाउनुहोस्, अनुहार गोरो बनाउने उत्कृष्ट घरेलु उपाय

सफल खबर संवाददाता

आइतबार, ०१ पुस २०७५, १९ : १८
थाहा पाउनुहोस्, अनुहार गोरो बनाउने उत्कृष्ट घरेलु उपाय

चितवन । प्रायः हरेक मानिसलाई गोरो बन्ने रहर हुन्छ । गोरो बन्नका लागि पुरुषहरुभन्दा महिलाहरु बढी प्रयासरत हुन्छन् । बजारमा गोरो बनाउने अनेक थरी क्रिम तथा पाउडरहरु पाइन्छन् । मानिसहरु टन्न पैसा खर्चेर ती क्रिमहरुको प्रयोग गर्छन र पनि गोरोपना पाउन सक्दैनन् । 
 
गोरो बन्नका लागि क्रिम नै लगाउनुपर्छ भन्ने छैन । हामीसँग भइरहेका घरेलु सामानहरुको प्रयोगबाट पनि हामीले हाम्रो छालामा निखार ल्याउन सक्छौँ । प्राचिनकालमा पनि महिलाहरुले गोरो बन्नका लागि घरेलु सामाग्री कै प्रयोग गर्ने गर्थे।  
 
गोरो बन्नका लागि निम्नानुसारका घरेलु सामान प्रयोग गर्न सकिन्छ । 
 
महः 
महमा हुने भिटामिनले छाला गोरो बनाउन मद्दत गर्छ । अनुहारमा मह लगाएर २ मिनेट जति मसाज गर्ने र करिब १५ मिनेट पछि मनतातो पानीले पखाल्ने । दैनिकरुपमा यसो गर्नाले गोरोपना पाउन सकिन्छ ।
 
२. टमाटर वा घ्यूकुमारीः
टमाटरको रस वा घ्यूकुमारीको रसलाई अनुहारमा दलेर केही मिनेट मसाज गर्ने र २० मिनेटपछि पखाल्ने । 
 
३. दूध वा दहीः
दूध वा दहीमा भएको तत्वले गोरो बनाउन मद्द त गर्छ । अनुहारमा दूध वा दहीले मसाज गर्ने र केही समयपछि मनतातो पानीले धुने ।
 
४. कागतिः 
कागतिमा गोरो बनाउने तत्व हुन्छ । कागतिको रसलाई अनुहारमा लगाएर २० मिनेटसम्म राख्ने र पखाल्ने । सुख्खा छाला भएकाहरुलाई भने यसले झनै सुख्खा बनाउन सक्छ । साथै कागतिको रस लगाएर घाममा नबस्ने ।
 
छाला गोरो बनाउन यी बाहेक काँक्रा, वेसार, सुन्तलाको बोक्राको धुलो, मेवा, अण्डाको सेतो भाग आदी पनि प्रयोग गर्न सकिन्छ । तर यी सामानहरु प्रयोग गर्दा आफ्नो छालाको प्रकार र आफुलाई फाप्ने नफाप्ने भन्ने बुझेर मात्र प्रयोग गर्नुपर्छ । यसका साथै यी चिजहरु लगाएर घाममा भने बस्न हुँदैन ।

प्रतिक्रिया दिनुहोस