गणेशधाम बनाउन १० करोड ८० लाख आर्थिक संकलन

सफल खबर संवाददाता

शनिबार, २९ मंसिर २०७५, १८ : ४३
गणेशधाम बनाउन १० करोड ८० लाख आर्थिक संकलन

चितवन । गणेशधाम निर्माणका लागि १० करोड ८० लाख रुपैयाँ आर्थिक संकलन भएको छ । मंसिर २२ गते देखि २९  गतेसम्म आयोजित महायज्ञबाट सो रकम संकलन भएको हो ।  

आज आयोजित समापन कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर एवंम कार्यक्रमकी प्रमुख अतिथी रेणु दाहालले १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी छन् । गणेशस्थानलाई गणेशधाम बनाउने अभियानमा महानगरपालिका साथ दिन तयार रहेको  भन्दै  मेयर दाहाल सो रकम दिने बताएकी हुन् । 

गणेशस्थानलाई गणेशधामको रुपमा बिकास गराउन अहोरात्र लाग्नु भएका बिजय सुवेदीको योजनालाई होष्टेमा हैसे गर्न महानगरपालिका तयार रहेको उनको भनाई थियो ।  महानगरभित्र रहेका २९ बटै बडाहरुले ११ हजार १ सय ११ का दरले सहयोग गरेको भन्दै आफुले पनि मंसिर महिनाको तलब दिने घोषणा गरेकी छन् । 

अहिलेसम्मकै उत्कृष्ठ महोत्सव आयोजना भएको भन्दै भरतपुरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा थप परिचत गराउन यो महोत्सव सफल भएको उनको भनाई थियो । लाखौ जनताको सक्रिय सहभागितामा यो महोत्वस सफल भएको भन्दै अब भरतपुर महानगरपालिकाको स्मार्ट सिटीको गुरुयोजनालाई साथ दिन यो धाम पनि आवश्यक रहेको उनले बताईन । 
कार्यक्रममा बोल्दै पण्डीत दिलबन्दु प्रोखेलले आफु पनि यस अभियानको एक सदस्य हुने ईच्छा लागेको भन्दै सदभावना दुतको रुपमा काम गर्ने बताएका छन् । धान्याञ्चल मार्फत विभिन्न अभियान गरेको भएपनि यस धान्याञ्चलबाट आत्मसन्तुष्टी मिलेको बताएका छन् । 

त्यसैगरी सबैको सक्रिय सहभागीताले धान्याञ्चल सफल भएको समापन कार्यक्रमका अध्यक्ष एवं मुल आयोजक समितिका अध्यक्ष दिनेश कुमार चुकेले बताएका छन् । महोत्सव सफल बनाउन सहयोग गर्ने पण्डीत दिलबन्धु पोख्रेल, दाता, विभिन्न आमा समुह, टोल सुधार, महानगरपालिका भित्र रहेका २९ वटै वडा, सामुदायीक वन, स्वयसमसेवक मुल आयोज समिति र विभिन्न उपसमितिका सदस्यहरुलाई  अध्यक्ष चुकेले धन्यावाद दिएका छन् । 
 

प्रतिक्रिया दिनुहोस