शैक्षिक गुणस्तरका लागि महायज्ञ

सफल खबर संवाददाता

शनिबार, २९ मंसिर २०७५, १५ : ०२
शैक्षिक गुणस्तरका लागि महायज्ञ

चितवन । भरतपुर महानगरपालिका २१ पाहरीलोटार स्थित भानु माध्यामिक विद्यालयको स्रोत जुटाउन श्रीमदभागवत् धनधान्याचल विराट ज्ञान महायज्ञ संचालन हुने भएको छ ।
विद्यालय परिसरमा पौष १ गतेदेखि ९ गतेसम्म युवा कथा वाचक पण्डित बालयोगेश्वर महाराजले संगीतमय कथावाचन गर्नु हुनेछ ।

महायज्ञबाट ५ करोड आर्थिक संकलन गर्ने आयोजकले लक्ष्य लिएको छ । गुणस्तरिय र प्रविधिक शिक्षामार्फत निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न महायज्ञ संचालन गर्न लागेका छौ,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलिप न्यौपानेले भन्नुभयो,‘ महायज्ञले भूमिहिन र सुकुम्बासीहरुको शिक्षामा सहयोग पुग्ने छ ।’

बढदो आधुनिकतासँगै शैक्षिक क्षेत्रमा पनि परिर्माजित गर्दै लैजानुपर्ने उहाँको भनाई छ । महायज्ञ सम्पन्न गर्न विभिन्न ८६ वटा उपसमितिहरु गठन भएका छन् ।
महायज्ञको चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभासद एव पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ । वि.स २०१८ सालमा स्थापना भएको विद्यालयमा ७५ प्रतिशत दलित र सुकुम्बासी परिवारका विद्यार्थीहरुले अध्ययन गर्ने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस