यसकारण न खानुहोस् पोलेको मासु

सफल खबर संवाददाता

शनिबार, २९ मंसिर २०७५, ०८ : ०१
यसकारण न खानुहोस् पोलेको मासु

चितवन । नेपाली समाजमा प्राय पोलेर, छोयला बनाएर वा सुकुटी बनाएर या तारेर मासु खाने चलन छ । यो स्वास्थ्यका लागि सबैभन्दा हानिकारक हुने चिकित्सकहरुले सधैँ भन्दै आइरहेको कुरा हो । मासु पोल्दा राम्रोसँग नपाक्ने र धुँवाबाट विषाक्तता बढ्ने सम्भावना अत्यधिक हुन्छ । मासु पोल्दा र सुख्खा हुने गरी भुट्दा प्रयोग हुने दाउरा र ग्यासबाट हाइड्रोकार्बन समेत उत्पन्न हुन्छ । मासु पोल्दा त्यसमा एक्रिल्यामिडिएस उत्पन्न भई क्यान्सर र मुटुरोग निम्त्याउँछ ।

त्यस्तै रातो मासुमा बोसो धेरै हुने र त्यसलाई पोल्दा, तेलमा तार्दा र केमिकल मिसाएर बनाइएको मासुले कार्सिनोजेनिक उत्पादन गर्ने हुँदा स्वास्थ्यको लागि हानिकारक हुन्छ । यसले आमाशय र ठूलो आन्द्रामा क्यान्सर बनाउन सक्ने हुँदा यस्ता मासु नखानु नै उत्तम हुन्छ ।

प्रतिक्रिया दिनुहोस