गणेशधामको महायज्ञमा छैठौं दिनसम्म साढे आठ करोड आर्थिक संकलन

सफल खबर संवाददाता

शुक्रबार, २८ मंसिर २०७५, १९ : ०१
गणेशधामको महायज्ञमा छैठौं दिनसम्म साढे आठ करोड आर्थिक संकलन

चितवन । भरतपुरको धार्मिक तथा एतिहाँसिक क्षेत्र गणेशस्थानलाई गणेशधाम निर्माणका लागि आयोजना गरिएको धनधान्यचल ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव २०७५ मा आज छैठौ दिन २ करोड ५२ लाख १० हजार रुपैंया आर्थिक संकलन भएको छ । आजसम्म करिब साढे ८ करोड आर्थिक संकलन भैसकेको महायज्ञ आयोजक मुल समारोह समितिका अध्यक्ष दिनेश कुमार चुकेले जानकारी दिए ।

महायज्ञको छैठौं दिनमा चितवन रोटरी क्लबले सबैभन्दा धेरै एक करोड रुपैंंया दान गरको छ । यस्तै उद्यमी तथा समाजसेवी गौरिश्वर सापकोटाले १५ लाख ५५ हजार ५ सय ५५ रुपैंया, निरन्जन रेग्मिले १५ लाख र उद्योग बाणिज्य संघ चितवनको तर्फबाट १५ लाख रुपैंया दान गरिएको छ । चितवन क्षेत्र नम्वर २ का सांसद कृष्णभक्त पोखरेलले सांसद विकास कोषबाट १२ लाख ११ हजार १ सय ११ रुपैंया सहयोगको घोषणा गरेका छन् ।

यस्तै बाबुराम कार्कीले २ लाख ५१ हजार १ सय ११, मोहन पन्तले २ लाख ५१ हजार १ सय ११ रुपैंया, श्रीधर घिमिरेले २ लाख ५१ हजार १ सय ११ रुपैंया, रुक्मागत पाण्डेले २ लाख ११ हजार १ सय ११, कल्याणी श्रेष्ठले २ लाख ११ हजार १ सय ११, डाक्टर केशवराज भुर्तेलले २ लाख ११ हजार १ सय ११ रुपैंया, हर्क क्षेत्रीले २ लाख २ हजार २ सय २२, नरेश अधिकारीले २ लाख २ सय २२ रुपैंया दान गरेका छन् ।

भरतपुुर ११ मा रहेको साविकको पारिजात टोल विकास संस्थाबाट १ लाख ६४ हजार रुपैंया दान गरिएको छ भने सुरेशचन्द्र अधिकारीले १ लाख ५१ हजार १ सय ५१, रामकृष्ण श्रेष्ठले १ लाख ५१ हजार १ सय २१, हरिशचन्द्र पोखरेलले १ लाख २५ हजार ५ सय २५, गोपाल भट्टराईले १ लाख २५ हजार ५ सय २५, रविन्द्र अधिकारीले १ लाख ११ हजार ५ सय ५, इमान्दु बराल र नवराज मरहट्टाले १ लाख १ हजार १ सय १ रुपैंया दान गरेका छन् ।

यस्तै सल्लेरी/शान्ती टोलबाट १ लाख १ हजार १ सय १ रुपैंया, भेषराज/उषामाया पाठकले १ लाख १ हजार १ सय १ रुपैंया, शम्भु/राजेन्द/लक्ष्मण बानियाले १ लाख १ हजार १ सय १ रुपैंया, चितवन उद्योग संघका तर्फबाट १ लाख १ हजार १ सय १ रुपैंया र  चितवन रोटरी क्लवले पनि १ लाख १ हजार १ सय रुपैंया दान गरेका छन् ।

२२ गतेदेखि जारी महायज्ञ भोली (शनिवार) सकिनेछ । भोली अपरान्ह ४ बजे भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले महायज्ञको समापन गर्ने कार्यक्रम रहेको धनधान्यचल ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव आयोजक मुल समारोह समितिका महासचिव रविन्द्र बरालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस