पुरा होला त शृङ्खला खतिवडाको प्रधानमन्त्री बन्ने सपना ?

सफल खबर संवाददाता

शुक्रबार, २८ मंसिर २०७५, १८ : ०१
पुरा होला त शृङ्खला खतिवडाको प्रधानमन्त्री बन्ने सपना ?

काठमाडौं । मिस नेपाल शृङ्खला खतिवडाले नेपालको पहिलो प्रधानमन्त्री बन्ने सपना रहेको बताएकी छन् । 
चीनमा हालै सम्पन्न मिस वल्र्डमा सहभागी भएर काठमाडांै आएपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै शृङ्खलाले आफुलाई पहिल्यैदेखि नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने चाहाना रहेको बताएकी हुन् । 

मिस वल्र्ड प्रतियोगिताका क्रममा नेपालीले भोट दिएर साथ दिएपनि आफु टप १२ बाटै बाहिरिनु परेको शृङ्खलाको भनाई छ । ‘टप फाइभमा पनि नपर्दा खल्लो लाग्नु स्वभाविक हो । धेरै नेपालीले आश गर्दै साथ पनि दिएका थिए । तर, निर्णायक मण्डलको निर्णयमा म टप–१२ बाटै बाहिरिए’ पत्रकार सम्मेलनमा शृङ्खलाले भनिन् । उनले प्रतियोगितामा भोटिङबाहेक प्रतियोगीहरुको एक महिनादेखिका क्रियाकलापका आधारमा जजमेन्ट हुने गरेकोले आफु त्यसमा कमजोर भएको हुनसक्ने बताइन् ।  

उनले समाजमा आफुलाई केही गर्ने चाहानाअनुसार समाजसेवाका केही काम गर्न थालिरहेको बताइन् । उनले नेपाल हेरक क्षेत्रमा सक्षम हुँदाहुँदै पनि आर्थिक रुपमा सक्षम हुन नसक्दा आफु पछि परेको भन्दै त्यसका लागि मुलुकको आर्थिक अवस्था राम्रो बनाउन जरुरी रहेको आफुले अनुभव गरेको सुनाइन् । 

 

प्रतिक्रिया दिनुहोस