महालक्ष्मी विकास बैंकको दुई दिनमा चार शाखा विस्तार

सफल खबर संवाददाता

शुक्रबार, २८ मंसिर २०७५, १५ : ५९
महालक्ष्मी विकास बैंकको दुई दिनमा चार शाखा विस्तार

काठमाडौं । महालक्ष्मी विकास बैंक लि. ले आफ्ना शाखाहरु देशभर विस्तार गरी बैंकिङ्ग सेवा उपलब्ध गराउने क्रममा मिति २०७५ मंसिर २७ र २८ गते थप चार शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

बैंकले मंसिर २७ गते दुई नयाँ शाखा कार्यालयहरु क्रमशः रुपन्देही जिल्ला, ओम सतीया गाउँपालिका वडा नं १, स्थित ठुटीपिपल शाखा तथा रुपन्देही जिल्ला, रोहिणी गाउँपालिका वडा नं ३ स्थित धकधई शाखा स्थापना गरी बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ । यसैगरी मंसिर २८ गते बैंकले काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं ७ स्थित चाबहिल शाखा तथा धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका वडा नं ४, स्थित जनकपुर शाखा कार्यालयबाट पनि बैंकिङ्ग सेवा उपलब्ध गराएको छ । उल्लिखित शाखाहरु सञ्चालनमा आए पश्चात् बैंकको कुल शाखा संख्या ८९ पुगेको छ । 
शाखा कार्यालय विस्तार गर्नुका साथसाथै यस बैंकले नयाँ खोलिएका शाखा कार्यालयहरुको औपचारिक समुद्घाटन कार्यक्रम पनि निरन्तर रुपमा अघि बढाइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकले मिति २०७५ मंसिर २४ गते सप्तरी जिल्ला, रुपनी गाउँपालिका वडा नं १ स्थित रुपनी शाखा कार्यालयको औपचारिक समुद्घाटन कार्यक्रम सम्पन्न गरेको थियो । उक्त शाखाको उद्घाटन रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले दीप प्रज्वलनका साथ गर्नु भएको थियो । 
बैंकले आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पु¥याउने कार्यलाई निरन्तरता दिने प्रतिबद्घता जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस