भारतको जम्मुमा सडक दुर्घटना हुँदा सात जनाको मृत्यु

एजेन्सी

शुक्रबार, २८ मंसिर २०७५, १२ : २९
भारतको जम्मुमा सडक दुर्घटना हुँदा सात जनाको मृत्यु

भारत । जम्मु काश्मिरको दुर्गम पहाडी सुजनधार गाउँमा बिहीबार सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् । 

प्रहरीका अनुसार श्रीनगरबाट दक्षिणतर्फ करिब २१० किलोमिटर टाढा पहाडी इलाकामा उक्त दुर्घटना भएको थियो । 
गत साता पनि यात्रुबाहक सवारी साधन दुर्घटना हुँदा जम्मु काश्मिरको पूनाह जिल्लामा १३ जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएका थिए । 
उक्त दुर्घटनका बारेमा थप बिबरण आउन अझै बाँकी छ । (रासस/एएनआई)

प्रतिक्रिया दिनुहोस