पाल्पा जीप दुर्घटना : ५ जनाको मृत्यु, ४ घाइते

सफल खबर संवाददाता

शुक्रबार, २८ मंसिर २०७५, ०७ : १७
पाल्पा जीप दुर्घटना : ५ जनाको मृत्यु, ४ घाइते

पाल्पा । पाल्पाको जल्पाबाट बहादुरपुरतर्फ जादैँ गरेको लु १ च २६५३ नम्बरको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
मृत्यु हुनेहरुमा माथागढी गाउँपालिका वडा नंं ८ की ३३ वर्षीय यानिसर गाँहा, बुमाकुमारी दर्लामी,  रेवतबहादुर जि.सी., कुनिसरा रुचाल र जिपचालक २० वर्षीय वीरेन्द्र राना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

सुत्केरी दर्लामीको तानसेन स्थित लुम्विनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको हो । तीन दिनको बच्चा भने सकुशल नै रहेको अस्पताल जनाएको छ । तानसेनबाट जल्पा हुँदै बहादुरपुर जाँदै गरेको लु१ज २६५३ नं को जिप आर्गिडाँडाको ओढारेमा दुर्घटना भएको थियो ।

रातीको समयमा साँघुरो र अप्ठेरो बाटोमा हुदा भित्तामा ठोकिएर दुर्घटना भएको हुन सक्ने पुर्बखोला २ वडा अध्यक्ष निरबहादुर सारुले जानकारी दिए ।  जिप करिब पाँच सय मिटर तल खोचमा खसेको छ । दुर्घटनास्थल तानसेनबाट ४० किलोमिटर टाढा पर्छ । घाइते तीन जनाको लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस