गणेशस्थानमा जारी महायज्ञमा भक्क्तजनहरु आउनेक्रम बढ्दै

सफल खबर संवाददाता

विहीबार, २७ मंसिर २०७५, १९ : २१
गणेशस्थानमा जारी महायज्ञमा भक्क्तजनहरु आउनेक्रम बढ्दै

चितवन । गणेशस्थानमा जारी महायज्ञमा भक्क्तजनहरु आउनेक्रम बढ्दै गएको छ । महायज्ञको पाँचौ दिनमा मात्रै एक करोड १० लाख ३३ हजार रुपैया संकलन भएको महायज्ञ मुल आयोजक समितिका अध्यक्ष दिनेशकुमार चुकेले जानकारी दिनुभयो । 
गणेशस्थानलाई गणेशधाम बनाउने अभियानका साथ जारी महायज्ञमा स्थानियहरु निकै सक्रियताका साथ लागि रहेको महासचिब रबिन्द्र बरालले जानकारी दिनुभयो । महायज्ञको पाँचौ दिनमा समाजसेवी लेखराज पन्त हरिले १५ लाख ५५ हजार ५ सय ५० रुपैया दान गर्नुभएको छ भने , सिद्ध खोला ढुङ्गाखानीका सञ्चालक विरबहादुर कुमालले १५ लाख रुपैया सहयोग गर्नुभएको छ । त्यसैगरी समाजसेवी प्रेमकुमार श्रेष्ठले ११ लाख ११ हजार १ सय ११ रुपैया, सहयोग गर्नुभएको छ भने समाजसेवी मैयादेवी श्रेष्ठले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया महायज्ञमा दान गर्नुभएको महायज्ञ मुल आयोजक समितिका कोषाध्यक्ष सन्तोष पन्तले जानकारी दिनुभयो । 

स्थानिय, उद्योगी व्यवसायी, समाजसेवीहरुको सक्रिय सहभागिताले गर्दा महायज्ञ सफल हुदै गएको र पाँचौ दिनमा सुनचादी व्यवसायी एवंम समाजसेवी रुविन रामुदामुले ३ लाख ५१ हजार १ सय ५१ रुपैया सहयोग गनुृभएको छ । त्यसैगरी मनकामना हाडवयरका सञ्चालक प्रकाश ढकालले ३ लाख २१ हजार १ सय ११, ईन्द्र लालले ३ लाख  १३ हजार ३ सय ३३, सनद पियाले ३ लाख ११ हजार १ सय ११ रुपैया सहयोग गर्नुभएको कोषाध्यक्ष सन्तोष पन्तले जानकारी दिनुभयो । 

त्यसैगरी प्रविन बरालले २ लाख ५१ हजार १ सय ५१, प्रदीप वस्तीले २ लाख २२ हजार २ सय २१, बलराम बोहोराबाट २ लाख २ हजार २ सय २२, निरबहनदुर वस्नेतबाट २ लाख ५१ हजार १ सय ५१ रुपैया दान भएको अध्यक्ष चुकेले जानकारी दिनुभएको छ । 

जारी महायज्ञमा पोखराका दिपेन्द्र श्रेष्ठ र प्रेमबहादुर श्रेष्ठले १ लाख १ हजार २ सय, ज्ञानेन्द्रलाल प्रधानले १ लाख, देवराज राजभण्डारीले १ लाख ५१ हजार, समाजसेवी टंकनाथ पौडेलले १ लाख ५१ हजार विरबहादुर पिया, खगराज खोत, यमबहादुर विक र नारायणी पब्लीक स्कुलले छुट्टाछुट्टै  १ लाख ११ हजार १ सय १ रपैया दान गरेका छन् । 

गोरखाली टोल निवासी अखण्डज्योति राईस मिलका सञ्चालक खुमबहादुर अधिकारीले स्वर्गीय बुबा भद्रबहादुर अधिकारी र स्वर्गिय आमा विष्णुमाया अधिकारीको नाममा १ लाख १ हजार १ सय १ रुपैया दान गर्नुभएको छ भने उक्तरकुमार मल्लले १ लाख ५ हजार ५ सय ५५, ज्ञानेन्द्र प्रधानले १ लाख जवारलाल प्रधानले ९९ हजार ९ सय ९ रुपैया दान गर्नुभएको कोषाध्यक्ष पन्तले जानकारी दिनुभएको छ । 

२९ गतेसम्म संचालन हुने धनधान्यचल ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव २०७५ मा युवा वाचक पण्डित दिनवन्दु पोखरेलले प्रवचन दिइरहेका छन् । गणेस्थानलाई गणेशधाम निर्माण गर्ने उद्देश्यका साथ महायज्ञ लगाइएको हो । 

हबन ७ वजेबाट ९ वजेसम्म पूजा एवं पाठ पारायण, त्यसैगरी ११ बजेबाट ४ वजेसम्म श्रीमद्भागवत कथा वाचन तथा गणेश पुराण वाचन हुनेछ भने प्रत्यक दिन बेलुका भजन किर्तन, झाँकी र दीप प्रज्वलन एवं राष्ट्रिय कलाकारहरुबाट संगीतमय भजन किर्तन हुनेगरेको छ । 

महायज्ञ अवधिभरी तुलादान, चौरासी पूजा, तथा परिक्रमा लक्ष्यवत्र्ति तथा धार्मिक प्रवचन सहस्र १ हजार ८ शालिग्रामको पूजा हुने गरेको महायज्ञ सञ्चालनका लागि गणेशस्थान मन्दिर संरक्षण तथा संवद्र्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेले जानकारी दिनुभयो ।
 

प्रतिक्रिया दिनुहोस