साना किसानहरुको ऋण मिनाहा

सफल खबर संवाददाता

विहीबार, २७ मंसिर २०७५, १७ : ५४
साना किसानहरुको ऋण मिनाहा

काठमाडौं । सरकारले साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय गरेको छ । साना किसानहरुले तत्कालिन साझा सहकारीहरुबाट लिएको ऋण मिनाहा गर्ने निर्णय सोमबारको मन्त्रिपरिषद बैठकले गरेको हो ।

कृषि विकाश बैंकका अनुसार ऋणको साँवा मात्र २९ करोड भन्दा बढी रकम छ । सो रकमको ब्याज मात्र १ अर्ब भन्दा बढी पुगिसकेको छ । सो रकम ब्याजसहित कृषि विकास बैंकलाई सरकारले दिने भएको छ । यो ऋणबाट ६ सयदेखि ७ सय किसानले छुटकारा पाउनेछन् ।

सरकारले भारतीय नोटमा प्रतिबन्ध समेत लगाएको छ । सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले भने, ‘भारतीय दुई सय, पाँच सय र दुई हजारका नोटहरु ल्याउन र साथमा राख्न गैर कानुनी हुने भएकोले यी नोटहरु चलनचल्तीमा नल्याउन र साथमा नबोक्न सूचना प्रकाशन गर्ने निर्णय भएको छ ।’

प्रतिक्रिया दिनुहोस