खानेपानी मन्त्री बीना मगरद्धारा विद्यालयलाई एक लाख सहयोग घोषणा

सफल खबर संवाददाता

विहीबार, २७ मंसिर २०७५, १५ : ०१
खानेपानी मन्त्री  बीना मगरद्धारा विद्यालयलाई एक लाख सहयोग घोषणा

कञ्चनपुर । खानेपानी मन्त्री बीना मगरले कञ्चनपुरको बेलौरीमा सञ्चालित श्री सरस्वति माध्यमिक विद्यालयको सहयोगार्थ एक लाख एक हजार एक सय रुपैंया आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ । 

श्री सरस्वति माध्यमिक विद्यालयलाई सुविधा सम्पन्न स्मार्ट विद्यालय बनाउने उद्देश्यले बेलौरीमा आयोजित शैक्षिक तथा धार्मिक महोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री मगरले उक्त रकम विद्यालयको सहयोगार्थ प्रदान गर्ने घोषणा गर्नुभएको हो । उहाँले विद्यालयको शैक्षिक गुणस्तर सुधार्न थप सहयोग गर्दै जाने प्रतिबद्धता समेत जनाउनुभएको छ । विद्यालयको भौतिक पूर्वाधार निर्माणमा समेत सहयोग जुटाउने उहाँले बताउनुभयो ।

त्यसैगरी विद्यालयका लागि आवश्यक पर्ने खानेपानीको आपूर्ति व्यवस्था मिलाउन समेत उहाँले रकम विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । 

स्मार्ट विद्यालय तथा उच्च मावि सञ्चालन गर्ने उद्देश्यले कञ्चनपुरको बेलौरीमा मंसिर २७ गते बिहीबारदेखि शैक्षिक तथा धार्मिक महोत्सव सुरु भएको छ । उक्त महोत्सव पुस ५ गते सम्म चल्ने जनाईएको छ । 

प्रतिक्रिया दिनुहोस