चलचित्र ‘चौका दाउ’को ट्रेलर सार्वजनिक

सफल खबर संवाददाता

विहीबार, २७ मंसिर २०७५, १४ : २१
चलचित्र ‘चौका दाउ’को ट्रेलर सार्वजनिक

nYcMlFlLkl8

काठमाडौं । कमेडी कथामा निर्मित चलचित्र ‘चौका दाउ’को ट्रेलर सार्वजनिक गरिएको छ ।
चार पाका उमेरका पात्रको रमाईलो कथामा चलचित्र निर्माण गरिएको छ । सार्वजनिक ट्रेलरमा चार पाका पुरुष नायिका बर्षा राउतको पछि  दौडिएको देखाइएको छ । चलचित्रमा बर्षाका साथमा सन्तोष पन्त, रविन्द्र झा, विल्सन विक्रम राई, निर्मल शर्मा, तैयब शाहको मुख्य भूमिका छ । सम्भुजित बास्कोटाको कथा तथा संगीत रहेको चलचित्रलाई पुर्नेन्दु झाले निर्देशन गरेका हुन । चलचित्रको निर्मातामा सौर्यजित बाँस्कोटा र मनोजराज भण्डारी छन् । 
चलचित्रमा अभिमन्यू निरबीको पटकथा, बसन्त श्रेष्ठ र भिमफेदी गाइजको कोरियोग्राफी, दिर्घ गुरुङको छायांकन, रोशन श्रेष्ठको एक्सन, मित्र डी गुरुङको सम्पादन छ । यो चलचित्र पौषको २७ गतेबाट प्रदर्शनमा आउने निर्माणपक्षले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस