२४ घण्टामै सबैभन्दा धेरै हेरियो फिल्म ‘एभेन्जर्स एन्डगेम’को ट्रेलर

एजेन्सी

बुधबार, २६ मंसिर २०७५, १२ : ४१
२४ घण्टामै सबैभन्दा धेरै हेरियो फिल्म  ‘एभेन्जर्स एन्डगेम’को ट्रेलर

एजेन्सी । हलिउड फिल्म ‘एभेन्जर्स एन्डगेम’को पहिलो ट्रेलरले रिलीज भएको २४ घण्टामा अहिले सम्म सबैभन्दा धेरै हेरिएको ट्रेलरको रेकर्ड तोडेको छ । यही फिल्मको अघिल्लो भाग ‘एभेन्जर्स इनफिनिटि वार’ को रेकर्ड तोड्दै सवैभन्दा धेरै हेरिएको ट्रेलर बन्न सफल भएको हो ।    

डिसेम्बर ७ मा रिलीज भएको २४ घण्टामा २८९ मिलियन दर्शकले ट्रेलर हेरेका थिए । भने ‘एभेन्जर्स इनफिनिटि वार’ २४ घण्टामा २३० मिलियन दर्शकले हेरेका थिए । यो रेकर्ड सामाजिक सञ्जाल फेसबुक, ट्विटर र युट्युबको भ्युजलाई जोडर तयार गरिन्छ ।

यसैगरी ‘एन्डगेम’ ले ट्विटरमा पनि सबैभन्दा धेरै मेन्सन भएको फिल्मको रेकर्ड तोडेको छ । यो फिल्मको ट्रेलरलाई ५४९००० मेन्सन गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस