साम्राज्ञी र पुष्प खड्काको मूख्य भूमिकामा चलचित्र ’मारूनी’

सफल खबर संवाददाता

बुधबार, २६ मंसिर २०७५, ११ : ४५
साम्राज्ञी र पुष्प खड्काको मूख्य भूमिकामा चलचित्र ’मारूनी’

काठमाडौँ : मंगलबार राजधानीमा एक कार्यक्रमको बिच चलचित्र  ’मारूनी’  निर्माणको औपचारिक घोषणा गरिएको छ । निर्देशकदेखि कलाकारहरुलार्ई याम्पमा उतार्दै ’मारूनी’ घोषणा गरिएको हो ।

चलचित्रमा  अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र डेब्यू अभिनेत्री रेविका गुरूङको साथमा अभिनेता पुष्प खड्का  मुख्य भूमिकामा देखिनेछन्।चलचित्र लाई नवल नेपालले निर्देशन गर्दैछन्।माघ दोस्रो साताबाट छायांकन आरम्भ हुने फिल्मले दुई सुन्दरी युवतीको कथा भन्ने निर्देशक बताउँछन् ।काठमाडौं र बाँके लगायतका स्थानमा छायांकन हुने फिल्मको टाइटलले कुनै नाचसँग सरोकार नराख्ने निर्देशक नेपालले बताए  ।

निर्मात्री पुनम गौतमको निर्माणमा रहेको चलचित्र  ’मारूनी’ मा  गोविन्द फुँयालको कथा तथा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहनेछ भने सञ्जय लामाले छायांकन गर्दैछन् ।

पुनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यस चलचित्रमा  अजय पोखरेल र राजा प्रधानले लगानीमा सहकार्य गरेका छन् ।चलचित्रमा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । सायरा आचार्य, आभाष सिंह, स्वर्णिम पौडेल र सौर्य अधिकारी बाल कलाकारमा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस