बलिउडकी चर्चित गायिका नेहा कक्करको ब्रेकअप

एजेन्सी

बुधबार, २६ मंसिर २०७५, ११ : २६
बलिउडकी चर्चित गायिका नेहा कक्करको ब्रेकअप

बलिउडमा आफ्नो आवाजका साथै प्रेम सम्बन्धका कारण चर्चामा रहेकी बलिउडकी चर्चित गायिका नेहा कक्कर अहिले भने उनका प्रेमी तथा अभिनेता हिमांश कोहलीसँगको सम्बन्ध बिग्रिएको खबर सार्वजनिक भएको छ ।

नेहा र हिमांशले केही महिना अघि एक टेलिभिजन रियालिटी शोमा आफूहरुबीचको सम्बन्धलाई सार्वजनिक रुपमा स्वीकार गरेका थिए । तर यि दुईबीचको सम्बन्ध अगाडि बढ्न सकेन ।

नेहा र हिमांशले इन्स्टाग्राममा एकअर्कालाई अनफलोसमेत गरिदिएका छन् । गायिका नेहा कक्करले उनको इन्स्टा अकाउन्टमा हिमांश कोहलीका साथमा भएका तस्बिर र भिडियोहरु डिलिट गरिदिएकी छिन् । तर हिमांशले भने नेहा र उनको परिवारका तस्बिर उनको अकाउन्टबाट हटाएका छैनन् ।यस वर्षको सुरुवातमा नेहा कक्कर र हिमांश कोहलीले युट्यूबमा ‘ओ हमसफर’ नामको म्यूजिक भिडीयो सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस