दी भ्वाइस अफ नेपाल फाइनलमा प्रवेश

सोमबार, २४ मंसिर २०७५, १९ : ०८
दी भ्वाइस अफ नेपाल फाइनलमा प्रवेश

काठमाडौं । रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ आइतवारको कार्यक्रमदेखि फाइनलमा प्रवेश गरेको छ ।फाइनलमा चारै जना निर्णायकहरु दीप श्रेष्ठ, अभया, सुब्बा, सनुप पौडेल र प्रमोद खरेलका टिमबाट एक/एक प्रतियोगीहरु प्रवेश गर्न सफल भएका छन् । 

यसअघि सेमी फाइनल पुगेका ८ जना प्रतियोगीमध्ये प्रत्येक टिमबाट एक÷एक प्रतियोगीहरु फाइनलमा प्रवेश गरे । फाइनलमा सीडी बिजय अधिकारी, कुशल आचार्य, सप्तक दूतराज र श्रृजय थपलिया फाइनलमा जान सफल भएका छन् । यी चारजनामध्येबाट नै ‘टिभिएस अपाचे दी भ्वाइस अफ नेपाल’को टाइटल जित्नेछन् । आइतवार ‘टिभिएस अपाचे दी भ्वाइस अफ नेपाल’ चारै फाइनलिस्टहरु सीडी बिजय, कुशल, सप्तक र श्रृजयले आ–आफ्नो प्रस्तुति दिए ।

प्रतियोगीहरुको प्रस्तुतिपछि चारै कोचहरुले आफ्नो टिमका प्रतिस्पर्धीहरुको लागि समेत भोट अपिल गरेका छन् । निर्णायकहरुले आफ्नो टिमका प्रतियोगीहरुलाई भोट दिएर ‘टिभिएस अपाचे दी भ्वाइस अफ नेपाल’ को बिजेता बनाउन अनुरोध समेत गरेका छन् ।

‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ आइतवारको कार्यक्रमपछि फाइनलिस्टहरुका साथै सेमीफाइनलमा पुगेका टप ८ जनाले ग्राण्ड फाइनलमा आफ्नो प्रस्तुति दिनेछन् । 

कतार, दोहाको एमपी थिएटरमा डिसेम्बर १४ तारिख अर्थात मंसिर २८ गते शुक्रबार हुने ग्राण्ड फाइनल  कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ । यो विशेष कार्यक्रममा प्रतियोगीहरुका साथै अन्य नेपाली कलाकारहरुले पनि आफ्नो कलाद्धारा दर्शकहरुलाई मनोरन्जन प्रदान गर्नेछन् ।
कार्यक्रममा चर्चित हास्य कलाकार सीताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्ललीको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस