एजेन्सी । मस्तिष्क मानव शरीरको सबैभन्दा महत्पूर्ण अंग हो । सोच्ने शक्ति प्रदान गर्ने, नयाँ कुरा सिकाउने आदि काम मस्तिष्कले गर्छ । आफूसँग भएको उच्च क्षमताको मस्तिष्ककै कारण मानिस संसारकै सर्वश्रेष्ठ प्राणी मानिएको हो । मानव मस्तिष्कबारे कही रोचक तथ्य जानौँ :
१ .मानव मस्तिष्कको तौल तीन
पाउन्ड हुन्छ ।
२.यसमा ६० प्रतिशत मोटोपन हुन्छ । मानव शरीरमा सबैभन्दा धेरै मोटाउने अंगमध्ये मस्तिष्क
एक हो ।
३.मानिस निद्राबाट बिउँझिँदा मस्तिष्कले करिब २३ वटा शक्ति उत्पन्न गरेको हुन्छ ।
४.हाम्रो शरीरमा चाहिने रगत र अक्सिजनमध्येको करिब २० प्रतिशत मात्रा मस्तिष्कमा खपत हुन्छ ।
५.मस्तिष्कमा रक्तसञ्चार रोकिएको १० सेकेन्डमा मानिसले होस गुमाउँछ ।
६.मस्तिष्कमा अक्सिजन रोकिएको ५ देखि ६ मिनेटसम्म पनि मस्तिष्कले काम गर्न सक्छ ।
७.मस्तिष्कमा रहेका रक्तनलीको लम्बाइ एक लाख माइल हुन्छ ।
८.मानव मस्तिष्कमा सय बिलियन न्युरोन्स हुन्छन् । प्रारम्भिक गर्भावस्थामा न्युरोन्स प्रतिमिनेट करिब अढाई लाखका दरले वृद्धि हुन्छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २२ मंसिर २०७५, १४ : ०२
लेखकबाट थप