मिस वर्ल्डको फाइनलका लागि भोटिङ लाइन खुल्ला

सफल खबर संवाददाता

शुक्रबार, २१ मंसिर २०७५, १६ : ११
मिस वर्ल्डको फाइनलका लागि भोटिङ लाइन खुल्ला

काठमाडौं । मिस वर्ल्डको फिनालेको भोटिङ लाइन बिहिबारदेखि खुल्ला गरिएको छ । बिहिबार बेलुकादेखि फाइनलका लागि भोटिङ लाइन खोलिएको मिस वर्ल्सको आधिकारिक फेसबुकमा जानकारी दिइएको छ ।

आफ्ना मनपर्ने प्रतियोगीलाई मिस वर्ल्डको वेबसाइट, मोडल पावर लाइभ र मबस्टारबाट भोट गर्न सकिने यसमा बताइएको छ ।
भोटिङ लाइभ टेलिकास्टमा बन्द गरिने बताइएको छ । माल्भिका सुब्बाले इन्स्टाग्राममा मिस वर्ल्डले यसपाली नयाँ फर्मेट अपनाएको हुनसक्ने बताउँदै नेपालका लागि भोट गरिरहन अपिल गरेकी छिन् । 

साथै श्रृङ्खलाले पनि आफ्नो फेसबुक पेजमा फिनालेको रातीसम्म नेपाललाई भोट गरिरहन आग्रह गरेकी छिन् । उनले लेखेकी छिन्, ‘मसँग तपाईंहरु माझ साझा गर्न महत्वपूर्ण समाचार छ । चाँडै नै अपडेट गर्नेछु ।’

प्रतिक्रिया दिनुहोस