भरतपुर महानगरपालिकाले गर्‍यो सबैलाई एक जुट हुन आग्रह (भिडियोसहित)

सफल खबर संवाददाता

बुधबार, १९ मंसिर २०७५, १२ : ३३
भरतपुर महानगरपालिकाले गर्‍यो सबैलाई एक जुट हुन आग्रह  (भिडियोसहित)

चितवन । भरतपुर महानगरपालिकाको गतिबिधी समेटिएको गीतको भिडियो सार्वजनिक भएको छ । चेतन सापकोटाको प्रस्तुतीमा रहेको ‘एक भई जुट नेपाली’ बोलको गीत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा प्रमोद खरेलको आवाज रहेको छ । गीतमा जेनु बस्नेतको शब्द तथा चेतन सापकोटाको संगीत रहेको छ । गीतमा संगीत संयोजन भने दिनेश सुनामको रहेको छ ।

भरतपुर, पटिहानी र उपरदाङगढीमा छांयाकन गरिएको गीतमा भरतपुर महानगरपालिकाले गरेको बिभिन्न सामाजिक गतिबिधीहरुलाई देखाईएको छ भने गीतको माध्यमबाट सबै नेपालीलाई एक भई बिकासको कार्यमा अघी बाध्न आग्रह गरिएको छ ।

गीतको भिडियोमा चितवनका बिभिन्न पर्यटकीय स्थलहरुलाई पनि देखाईएको छ । चेतन सापकोटाले नै निर्देशन गरेको गीतमा सापकोटा र प्रियांका भण्डारीको अभिनय रहेको छ । गीतलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस