मिस नेपालसँग नाम मिलेपछि धनकुटाकी श्रृङ्खला चर्चामा

सफल खबर संवाददाता

मंगलबार, १८ मंसिर २०७५, १७ : ०३
मिस नेपालसँग नाम मिलेपछि धनकुटाकी  श्रृङ्खला चर्चामा

चितवन : यतिबेला मिस वर्ल्ड २०१८ चीनमा संचालन भईरहेको छ । मिस नेपाल  श्रृङ्खला खतिवडा उपाधीका लागि प्रतिस्पर्धामा छिन् । उनले मिस वर्ल्ड प्रतियोगितामा मल्टी मिडिया अवार्डमा जित हासिँल गरिसकेकी छिन् । यो समाचार तयार पर्दासम्म श्रङखलालाई इनष्टाग्रामका ३ लाख ६६ हजारले फलो गरेका छन् ।

मिस वर्ल्डमा  श्रृङ्खला खतिवडा भाग लिन चीनमा हुँदा धनकुटा निवासी  श्रृङ्खला खतिवडालाई भने फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आएरै हैरान भएको छ । २ महिना अगाडि फेसबुक एकाउण्ट खोलेकी  श्रृङ्खलाको ४ हजार ६ सय २३ फ्रेन्ड छन् । मिस नेपाल  श्रृङ्खला मिस  वर्ल्डमा भाग लिन चीन गएसँगै उनलाई फ्रेण्ड रिक्वेष्टको ओईरो लागेको हो ।
नाम मिलेका कारण उनीको सामाजिक संञ्जालमा चर्चा बलुटिरहेकी छिन् ।


मिस नेपाल श्रङखलासँग नाम मिलेपछि यही नोभेम्बर २४ तारिख पोष्ट गरेको फोटोमा १२ सय लाईक आएको छ । अहिले उनी चितवनमा एग्रीकल्चर साईन्सको तयारी कक्षा पढिरहेकी छिन् । उनको फेसबुक प्रोफाईल हेर्न यहाँ क्लिक गरौ  ।

 

प्रतिक्रिया दिनुहोस