फिल्म छायाँकनको क्रममा डरले सलोन र विनोद झन्डै बेहोस

सफल खबर संवाददाता

सोमबार, १७ मंसिर २०७५, १८ : ३०
फिल्म छायाँकनको क्रममा डरले सलोन र विनोद झन्डै बेहोस

काठमाडौं । २८ मंसिरबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सुश्री सम्पत्ति’ को ट्रेलरमा अभिनेता सलोन बस्नेत र विनोद न्यौपानले ७ तले घरमा झुन्डिएर रंग लगाएको दृश्यले सबैको ध्यान तान्न सफल भएको छ ।
फिल्म प्रचारमा कलाकार तथा निर्माण युनिट जहाँ पुग्छन् । यही दृश्यको चर्चा परिचर्चा हुने गरेको छ । राजधानीमा आयोजित फिल्म युनिट र पत्रकार भेटघाट कार्यक्रममा पनि यही दृश्यले चर्चा पायो ।  

कार्यक्रममा अभिनेता सलोन बस्नेतले उक्त दृश्य डरै डरैमा दिएको बताए । ‘दृश्य छायाँकनको क्रममा म डरले झन्डै बेहोस भएको थिए’ उनले भने ‘छायाँकन सकाएर तल झरेको केही समयसम्म पनि खुट्टा कापी रहेको थियो ।’ तलबाट माथि हेर्दा त सामान्य लागेको भएपनि डोरीमा झुन्डिएर माथि जादा डरले हालत बिग्रिएको उनले सुनाए ।

अभिनेता विनोदले आफुलाई अग्लो ठाउँबाट जहिले पनि डर लाग्ने बताए । ‘डोरीमा झुन्डिएर ७ तले घरको बाहिर रंग गर्दा मुटुको ढड्कन तेज भएको थियो ’ विनोदले भने ‘दृश्य सकेर जब तल आएँ लामो सास फेरेर भने आज बाँचियो ।’

विनोदको कुरा नसकिदै सलोनले झुन्डिएर रंग पोत्दै आफुले सम्वाद बोलेको आफैलाई हेक्का नभएको बताए । निर्देशक सुब्रत आचार्यले फिल्ममा सलोन र विनोद पेन्टरको भूमिकामा रहेको बताए । ‘दृश्य सजिलोसँग पनि खिच्न सकिन्थ्यो’ आचार्यले भने ‘पैसा कमाउन जोखिम मोलेर काम गर्नुपर्छ । सजिलो छैन भनेर बुझाउन यो दृष्य त्यसरी खिचिएको हो ।’ कान्तिपुर अहिले सरेको अफिसमा आफुले काम गर्दा त्यसतै देखेकोले उक्त दृश्य फिल्ममा राखिएको आचार्यको भनाई रहेको छ । 

यी दुई अभिनेताले पनि उक्त दृष्य अहिलेसम्म फिल्ममा काम गर्दाको अविस्मरणीय दृष्य भएको र झुलन नसक्ने बताए । अभिनेत्री साराले भने फिल्ममा दुवै युवा पछि लाग्ने सुश्री आफु भएको बताइन् । ‘मैले घरानिया त्यस्तो केटीको भूमिका निर्वाह गरेको छु । जसको सपना हरेक युवाले देख्ने गर्दछन्’ साराले भनिन् ।

अभिनेता प्रमोदले सलोन र विनोदको सपना तोड्ने काम आफुले गरेको सुनाए । उनले आफ्नो भूमिका बताउँदा फिल्मको सस्पेन्स खुल्ने सुनाउँदै केही नेगेटिभ भूमिका रहेको सुनाए ।’ फिल्म ‘सुश्री सम्पत्ति’ कमेडी र प्रेमकथामा निर्माण भएको चलचित्र हो । दुई युवाले सुश्री र सम्पतिका लागि गर्ने संघर्ष चलचित्रले देखाउनेछ । 

सलोन, विनोद, साराको र प्रमोदको अलवा फिल्ममा राजाराम पौडेल ,जयनन्द लामा, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारको समेत अभिनय रहेको छ । फिल्ममा अभिनेत्री प्रियंका कार्की समेत विषेश भूमिकामा छिन् । 

प्रतिक्रिया दिनुहोस