जुत्ता लुकाईमा परिणीतीले भिनाजु निकसँग कति पाइन् ?

सोमबार, १७ मंसिर २०७५, ०९ : २९
जुत्ता लुकाईमा परिणीतीले भिनाजु निकसँग कति पाइन् ?

अभिनेत्री प्रियंका चोपडा र निक जोनसको उम्मेद भवन प्यालेसमा आइतबार अबेर राती हिन्दु परम्परा अनुसार विवाह भयो ।

भारतीय संचारमाध्यमका अनुसार प्यालेसको प्लाजा एरियामा मण्डप बनाइएको थियो जहाँ बेंगलुरुबाट आएका पण्डित चन्द्रशेखर शर्माका अगुवाईमा ११ पण्डितले विवाहको मन्त्र पढे । यतिबेला जुत्ता लुकाउने कार्यक्रम पनि भयो । सोसल मिडियामा भाइरल म्यासेजका अनुसार प्रियंकाको काकाकी छोरी परिणितीले निकसँग जुत्ता लुकाईका लागि पाँच लाख डलर (पाँच करोड ५८ लाख रुपैयाँ) मागेकी थिइन् । निकले कति दिए, त्यो भने सार्वजनिक भएको छैन ।

भास्कर डट कमका अनुसार आइतबार बेलुकी उम्मेद भवन प्यालेसको स्टाफ गेट नजिक बनेको गार्डन एरियाबाट निकको जन्ती गयो । शेरवानी र चुरीदार पाइजामा लगाएका निकले तरवार पनि बाँधेका थिए । देश–विदेशका जन्तीले नाच्दै गाउँदै प्यालेसको एक चक्कर लगाए । बेहुलीको पक्षबाट मधु चोपडाले जन्तीको स्वागत गरिन् ।

निकले कुवेत र दुबईबाट पनि बोलाए शेफः

प्यालेसमा पाहुनालाई खाना पस्किनका लागि ताजका ५० भन्दा बढी शेफ आएका थिए । यसका साथै निकले कुवेत र दुबईबाट आफ्ना पर्सनल शेफ पनि बोलाए । विवाहमा मेकअपका लागि १५ ब्यूटी एक्सपर्टको टीम बोलाइएको थियो ।

विवाहबाट टाढै रहे शाहरुख खान, एआर रहमानः

विवाहमा बलिउडका कुनै स्टारको उपस्थिती देखिएन । जबकी शाहरुख खान, एआर रहमानबाहेक हलिउड स्टार र डब्ल्यूडब्ल्यूका रेसलर द रक भनेर चिनिने नायक ड्वेन जोनसोन र गायिका रिहानाको नाममा उम्मेद भवन प्यालेसमा कोठासमेत बुक भएको बताइए पनि कोही पनि देखिएनन् । सुरुमा सय पाहुनाको नाम थियो तर विवाहको केही दिनअघि यो सूची दुई सय ५० पुग्यो । यसकारण उम्मेद भवनमा ६४ र अजित भवनमा ६५ कोठा बुक थिए । रणबीर कपूर, आलिया भट्ट र सोनू निगम पनि आउने कुरा थियो ।

प्रतिक्रिया दिनुहोस