दिवंगत नायिका श्रीदेवीको अन्तिम फिल्म ‘जिरो’ रिलिजको संघारमा

शुक्रबार, १४ मंसिर २०७५, १९ : २८
दिवंगत नायिका श्रीदेवीको अन्तिम फिल्म ‘जिरो’ रिलिजको संघारमा

एजेन्सी । बलिउडकी दिवंगत नायिका श्रीदेवीको अन्तिम फिल्म ‘जिरो’ रिलिजको संघारमा छ । श्रीदेवी ‘जिरो’ को एक विशेष गीतमा देखिनेछिन् । यो गीतको सुटिङ उनले गत वर्ष सन् २०१७ मा अक्टोबर महिनामा गरेकी थिइन् ।

उक्त गीतमा श्रीदेवीसहित करिश्मा कपुर, काजोल, रानी मुखर्जी र आलिया भट्ट पनि देखिनेछन् । यो ‘ओम शान्ती ओम’ को टाइटल ट्र्याकजस्तो हुने अनुमान गरिएको छ ।

‘जिरो’ डिसेम्बर २१ तारिखमा रिलिज हुँदैछ । यसमा शाहरुख खानले होचो व्यक्तिको भूमिका निभाएका छन् । यस्तै कट्रिना कैफलाई स्टारको भूमिकामा देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस