सर्वाधिक चर्चामा रहेको बलिउड फिल्म २.० रिलिज भएपपछि यस्तो आयो दर्शकको प्रतिक्रिया

सफल खबर संवाददाता

शुक्रबार, १४ मंसिर २०७५, ११ : ५२
सर्वाधिक चर्चामा रहेको बलिउड फिल्म २.०  रिलिज भएपपछि यस्तो आयो दर्शकको प्रतिक्रिया

काठमाडौं । बलिउडमै सर्वाधिक चर्चा र प्रतिक्षामा रहेको फिल्म २.० आजबाट रिलिज भएको छ । करिब २ बर्षदेखि दर्शकहरु यस फिल्मको प्रतिक्षा गरिरहेका थिए । निर्माण टिमले भिएफएक्स लगायतका प्रविधिक कारण देखाउँदै २ पटकसम्म रिलिज पोस्पोन्ड गरेको थियो । आमिरको ठग्स अफ हिन्दुस्तानले निरास दर्शकहरुलाई फस्ड डेमा नै दर्शकहरुलाई खुसी तुल्याएको छ ।
फस्ट शोमा जति पनि दर्शकहरुले फिल्म हेरे उनीहरुले फिल्मलाई उत्कृष्ट भनी प्रतिक्रिया दिएका छन् । ट्रेलर रिलिज हुँदा फिल्मको केही आलोचना भएको थियो । कतिपयले फिल्म हो की भिडियो गेम भनी तल्लो स्तरको कमेण्ट नै गरेका थिए । तर त्यही दर्शकहरुले जब फिल्म हेरे तब उनीहरुले फिल्मको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

फिल्मको भिएफएक्स, थ्री डी, रजनीकान्त र अक्षयकुमारको काम, कथा र सम्पादन र निर्देशक एस शंकरको कामको खुलेर प्रशंसा गरेका छन् । दर्शकहरुले बलिउड त के भारतकै इतिहासमा यो लेभल अनुसारको फिल्म आजभन्दा अगाडी नबनेको बताएका छन् । बिषेश गरी दर्शकहरुले नेगेटिभ भुमिकामा भएपनि अक्षयकुमारलाई दर्शकहरुले मन पराएका छन् ।
उता समिक्षकहरुले पनि फिल्मलाई उत्कृष्ट भनी प्रतिक्रिया दिएका छन् । फिल्मको प्राविधिक पार्ट, कथा निर्देशकको कामको चर्चा गरेका छन् । बलिउडका लागि खतरनाक समिक्षकको रुपमा रहेका तरुण आर्दशले फिल्म ब्लकबस्टर हुने दाबी गरेका छन् । उनले फिल्मलाई ५ मा ५ प्वोइन्ट नै दिएका छन् । पछिल्ला उदाहरणहरु हेर्ने हो भने उनले गरेका मुल्यांकन शतप्रतिशत पुरा हुने गरेको छ ।

यसअघि ठग्स अफ हिन्दुस्तानलाई पनि उनले बढिमा ३ दिन भन्दा बढि दर्शक नपाउँने र बजेट पनि उठाउँन नसक्ने भनी समिक्षा गरेका थिए । फिल्मले सोसल म्यासेज पनि दिएको छ । मोबाईल फोनबाट निस्कने रेडियसनले पर्यावरणमा कस्तो प्रभाव पार्छ भन्ने सन्देश पनि छोडेको छ । करिब ५४० करोडमा बनेको २.० ले बाहुबलीको पनि रेर्कड तोड्ने अनुमान गरिएको छ । अब हेरौँ यसमा २.० सफल हुन्छ की हुँदैन ।

 

प्रतिक्रिया दिनुहोस