प्रियंका चोपडाले निर्माण गरेको नेपाली भाषी फिल्म पाहुनाको नयाँ गीत रिलिज

सफल खबर संवाददाता

विहीबार, १३ मंसिर २०७५, १७ : ३५
प्रियंका चोपडाले निर्माण गरेको नेपाली भाषी फिल्म पाहुनाको नयाँ गीत रिलिज

काठमाडौँ । बलिउडकी चर्चित एवं लोकप्रिय नायिका प्रियंका चोपडाको होम प्रडक्सन पर्पल प्यावल पिक्चरको व्यानरबाट निर्माण भएको नेपाली भाषी फिल्म पाहुनाले यतिबेला सिक्किममा राम्रो चर्चा कमाईरहेको छ । डिसेम्बर ७ बाट रिलिज हुन लागिरहेको यो फिल्म नेपाली भाषामा बनेकोले पनि नेपालमा पनि यसलाई चासोको रुपमा हेरिएको छ ।
यसअघि बिदेशका विभिन्न फिल्म फेस्टिबलहरुमा अवार्ड जित्न सफल पाहुनाले टे«लरबाट उत्कृष्ट प्रतिक्रिया पाईरहेको छ । चर्चाकै बीच फिल्मले दोस्रो गीत पनि रिलिज गरेको छ । सानो नौलो संसार बोलको गीतमा फिल्मका मुख्य कलाकार अनमोल लिम्बु र इसिका गुरुङको बालापन देखाईएको छ ।

पियुष नेपाल रुबी थटाल र अभियन्जनाको आवाजमा रहेको गीतमा पियुष र प्रयास नेपालको शब्द र संगित सागर देसाईको रहेको छ । पाखी ए टायरवालाले निर्देशन गरेको फिल्ममा तीन नेपाली बच्चाको कहानी रहेको छ जसमा आमा बुवाबाट अलग हुन्छन् र नेपालमा माओवादी आन्दोलनबाट बचेर सिक्किम पुग्छन् ।

प्रियंकाको होम प्रडक्सनलाई उनकी आमा मधु चोपडाले सम्हालिरहेकीछिन् । जर्मनीको “श्लिंगेल अन्तर्राष्ट्रीय बाल फिल्म महोत्सव”  मा सर्वश्रेष्ठ फिल्म (ज्यूरी च्वाइस)  र अन्तर्राष्ट्रीय फिचर फिल्मको श्रेणीमा प्रोफेशनल ज्यूरीद्वारा “विशेष उल्लेख”  पुरस्कार पाउँन सफल भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस