नेपथ्य नेपाल टुर : ‘नेपथ्य लाईभ ईन धनगढी’ को तयारी अन्तिम चरणमा

मंगलबार, ११ मंसिर २०७५, १६ : २९
नेपथ्य नेपाल टुर : ‘नेपथ्य लाईभ ईन धनगढी’ को तयारी अन्तिम चरणमा

धनगढी : दाताज ईभेन्ट म्यानेजमेन्टको आयोजनामा मङ्सिर १३ गते धनगढीमा हुने ‘नेपथ्य लाईभ इन धनगढी’ को तयारी अन्तिम चरणमा पुगेको छ। ’दी बिगेस्ट शो इन धनगढी’ नाम दिईएको ‘नेपथ्य लाभ ईन धनगढी’ को तयारी लगभग सकिन लागेको दाताज ईभेन्टका प्रबन्ध निर्देशक दाताराम घिमिरेले जानकारी दिनु भयो ।

नेपाली लोक आधुनिक संगीतमा छुट्टै छाप छोड्दै लोकप्रिया ब्याण्डको रुपमा परिचित नेपथ्यले आफ्नो २५ औ वार्षिकउत्सबको अवसरमा देशका बिभिन्न ठाउँमा कार्यक्रम गर्दै आईरहेको छ । दातज ईभेन्टको आयोजना तथा द मेन्सन नेपाल र दारी ग्यांग धनगढीको सहयोगमा हुने नेपथ्यको सांगीतिक उत्सवमा ६ हजार भन्दा बढी दर्शकहरुको उपस्थिती रहने घिमिरेले बताउनुभयो । नेपथ्यको सांगीतिक उत्सव हेर्न धनगढी, अत्तरिया, महेन्द्रनगर, लम्की, टिकापुर, नेपालगज र आसपासका दर्शकहरुको उपस्थिती रहने आयोजकले बताएको छ ।


सुदुरपश्चिममै पहिलो पटक अत्याधुनिक साउण्ड र लाईट प्रयोग गरी यस सांगीतिक उत्सव गर्न लागिएको घिमिरेले बताउनुभयो । कार्यक्रम ३ घण्टाको हुने दाताज ईभेन्ट एण्ड म्यानेजमेन्टका ईभेन्ट म्यानेजर अनिल घिमिरेले जानकारी दिनुभयो । कार्यक्रमको पुर्व सन्ध्यामा अहिले प्रचार प्रसार तिब्र गतीका साथ भईरहेको छ । प्रचारप्रसार कै क्रममा धनगढीका बिभिन्न स्कुल कथा कलेजमा क्याम्पेन गरिएको छ । यस्तै प्रचार प्रसारकै लागि रोड शो समेत सम्पन्न भईसकेको ईभेन्ट म्यानेजर घिमिरेले बताउनुभयो ।

                                                                                           बिर्तामोड

नेपाल टुरमा हिंडेको नेपथ्यले यस अघी मङ्सिर ४ गते बिर्तामोडमा कार्यक्रम गरेको थियो । साहारा नेपालले बिर्तामोडमा आयोजना गरेको कार्यक्रम डोमालाल राजबंशी रंशालामा भएको थियो । बिर्तामोडमा भएको कार्यक्रममा ७ हजार भन्दा बढी दर्शकहरुले अवलोकन गरेका थिए ।

                                                                                             धरान

यस्तै एमसी कफी आवरको आयोजनामा ७ गते शुक्रबार धरानको धरान रंशालामा भएको कार्यक्रममा ४ हजार दर्शकको उपस्थिती रहेको थियो । बिर्तामोड र धरान पश्चात नेपथ्यको कार्यक्रम १० सोमबार बुटवलमा हुँदैछ ।

                                                                                               बुटवल

बुटवलको बुटवल रंशालामा हुने कार्यक्रममा ५ हजार दर्शकहरुको उपस्थिती रहने अपेक्षा गरिएको छ । नेपथ्यको बुटवलको कार्यक्रम एस नेपालको आयोजनामा हुन लागेको छ । नेपथ्यको नेपाल टुरको अन्तिम बसाई धनगढीमा हुन लागेको हो ।

                                                                                                 धनगढी

धनगढीमा ६ हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।धनगढी रंशालामा हुने कार्यक्रम साँझ ठीक पौने ६ बजेबाट सुरु हुनेछ । कार्यक्रम हेर्नका लागि टिकट शुल्क १ हजार रुपैँया तोकिएको छ भने बुकिङ यस अघि नै खुल्ला भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस