विश्व रेकर्डका लागि १२६ घन्टा नृत्य गर्दै

सोमबार, १० मंसिर २०७५, १४ : २५
विश्व रेकर्डका लागि १२६ घन्टा नृत्य गर्दै

काठमाडौं । विश्व रेकर्ड कायम गर्न धनकुटाकी बन्दना नेपाल तीन दिनदेखि लगातार नाचिरहेकी छिन् । उनी सबैभन्दा लामो समय नृत्य गरेर रेकर्ड राख्ने प्रयासमा छिन् । १७ वर्षीय नेपाल गत ७ मंसिरको बिहान ९ बजेदेखि काठमाडौस्थित बिग फुडल्यान्डमा नृत्य गरिरहेकी हुन् ।
बाल्यकालदेखि नै नृत्य गर्न रुचाउने बन्दनाले भारतबाट समेत नृत्य प्रशिक्षण लिइसकेकी छिन् । हाल उनी चेल्सी इन्टरनेसनल कलेजमा उच्चमावि तहमा अध्ययनरत छिन् । नेपालको कला संस्कृतिलाई विश्वसामु चिनाउन बन्दनाले सबैभन्दा लामो समय नृत्य गरेर विश्व रेकर्ड राख्न चाहेको बन्दना नेपाल फाउन्डेसनका संयोजक सन्तोष लामाले बताए ।

भारतस्थित केरालाकी कला मण्डलम् हेमलथाले १ सय २३ घन्टा १६ मिनेट नृत्य गरेर विश्व रेकर्ड कायम गरेकी छिन् । उनले २०१६ मा सो रेकर्ड राखेकी हुन् । - नयाँ पत्रिकाबाट 

प्रतिक्रिया दिनुहोस