यसरी गर्नुहोस् आधिकारीक स्रोतबाट मिस वर्ल्डका लागि श्रृंखला खतिवडालाई भोट

सफल खबर संवाददाता

आइतबार, ०९ मंसिर २०७५, १८ : ५९
यसरी गर्नुहोस् आधिकारीक स्रोतबाट मिस वर्ल्डका लागि श्रृंखला खतिवडालाई भोट

काठमाडौं । मिस नेपाल २०१८ की विजेता हुन श्रृंखला खतिवडालाई मिस वर्ल्डको दाबेदारको रुपमा हेरिएको छ । मिस वर्ल्डमा नेपाली उपस्थितिको अहिलेसम्मको इतिहासमा अत्याधिक चर्चा र वाहवाही प्राप्त गर्न सफल कम्यूनिष्ट राजनीतिक पारिवारीक माहोलमा हुर्कीएकी मकवानपुरकी २२ वर्षिया अार्किटेक्ट श्रृंखला खतिवडाको । विश्व अर्थतन्त्रको शक्तिशाली ठूलो कम्यूनिष्ट देश चीनमा हुँदैगरेको ६८ अाैं संस्करणको यि विश्व सुन्दरी प्रतियोगीतामा यस पटक श्रृंखलाले सबको ध्यान अाफूतिर अाकर्षित गर्न सफल भएकी छिन् ।

मिस वर्ल्डको अाधिकारीक वेबसाइट बाहेक यो पनि अाधिकारीक त्यो पनि अाधिकारीक भनी विभिन्न डिजिटल प्ल्याटफर्म, सामाजिक सञ्जाल एप मोभस्टारमा भोटिङ भईरहेका छन् । तर अाधिकारीक बाहेकका सबै भोटले श्रृंखलाको यो यात्रालाई सकारात्मक सहयोग गर्छ त ? हरेक प्लाटफर्ममा भोटिङका अाधारमा अहिले श्रृंखला नम्बर १ स्थानमा छिन भन्ने अासयको समाचार छताछुल्ल छ ।
यता मिस वर्ल्डको अाधिकारीक भोटिङ साइटमा ४१.८२% प्राप्त गर्दै श्रृंखलाले वास्तवमैं भोटिङको अग्रपङ्कतिमा छिन । उनलाई अग्रता बनाइराख्न तपाईले https://www.missworld.com/#/ मा गएर १३ अाैं लहरको चौथो नम्बरमा हामी श्रृंखलालाई उनले प्राप्त गरेको भोट सहितको तस्बिर र भोट गर्नका लागि बटन पनि राखिएको छ । भोट गर्नका लागि तपाईँले लग इन गर्नुपर्नेहुन्छ । लगइन गर्न धेरै सजिलो छ त्यसको लागि https://www.missworld.com/#/login खोल्नुहोस् र त्यहाँ खुल्ने लगइन पेजमा फेसबुक, इन्स्टाग्राम अथवा G+ राखिएको छ ती तिनवटा विकल्पमध्ये कुनै एकलाई क्लिक गरेर तपाईँले सहजै लगइन गर्न सक्नुहुनेछ ।

लगईन हुने बित्तिकै वेबसाइट तुरुन्त गर्ने पेजमा पुग्छ पाना थोरै तल स्क्रोल गर्नुहोस् श्रृंखलालाई देख्नसक्नुहुनेछ । श्रृंखलाको फोटोमा नामको तल प्राप्त भोट उल्लेखित ठाउँमा थिच्नुहोस् छेवैमा VOTE भन्ने बटन देख्नुहुनेछ । त्यस VOTE बटन थिच्नुहोस् श्रृंखलाले तपाईँको भोट प्राप्त गरेको सन्देश पेजको तल अाउनेछ । 

 

प्रतिक्रिया दिनुहोस