‘दि भ्वाइस अफ नेपाल’मा भोटिङ्ग सुरु, यसरी गर्न सकिन्छ भोट

सफल खबर संवाददाता

आइतबार, ०९ मंसिर २०७५, १६ : २०
‘दि भ्वाइस अफ नेपाल’मा भोटिङ्ग सुरु, यसरी गर्न सकिन्छ भोट

काठमाडौं । नेपालको चर्चित रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ शनिवारको कार्यक्रममा टप १६ प्रतियोगीहरुका साथमा प्रतियोगिता शुरु भएको छ । चार जना कोचको प्रत्येक टिमबाट चार/चार जनाले प्रस्तुती दिनेछन र त्यसमध्येबाट २/२ जना प्रतियोगी मात्र सेमिफाइलनमा जानेछन् ।

टप १६ बाट ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ नयाँ चरणमा प्रवेश गरेको छ । अबको कार्यक्रमहरुमा हरेक प्रतियोगीले दर्शकहरुको भोटबाट मात्र आफू सुरक्षित हुनेछन् । अर्थात अब कुनैपनि प्रतियोगीलाई टिमका कोचहरुले बचाउने छैनन् ।

शनिवारको कार्यक्रममा टिम सनुप र टिम प्रमोदका दुई दुई जना प्रतियोगीले आफ्नो गायन कला देखाए भने बाँकी टिमहरुको पनि क्रमैसँग हुनेछ । टिम सनुपबाट सन्तोष र सप्तकले आफ्नो प्रस्तुती दिएका छन भने टिम प्रमोदबाट आशिष र सुशिलले आफ्नो प्रस्तुती दिएका छन् ।

जसमध्ये टिम प्रमोदका प्रतियोगी आशिषले चारै जना निर्णायकहरुको स्ट्याण्डिङ्ग अवेसन पाएका थिए । शनिवारको कार्यक्रममा कोच सनुप र कोच प्रमोदले आफ्ना प्रतियोगीहरुको हौसला बढाउनका लागि आफैंले गीत गाएका थिए ।

‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ कार्यक्रममा अतिथिको रुपमा गायीका ज्ञानु राणाले आफ्नो प्रस्तुतीका साथमा प्रतियोगीहरुलाई हौसला प्रदान गरेकी थिईन् । गत आइतवारको कार्यक्रममा प्रस्तुती दिएका टिम अभया र टिम दिपका भोटिङ्गमा गएका दुई/दुई प्रतियोगीहरुमध्ये टिम अभयाबाट अनु र टिम दिपबाट सिडी बिजय टप सिक्सटिनमा पर्न सफल भएका थिए ।

टप सिक्सटिन प्रतियोगीहरुमा टिम दिपबाट राजु, सिडी बिजय, विवेक वाईवा र स्वेच्छा, टिम अभयाबाट विवेक, कुशल, श्रेया र अनु, टिम सनुपबाट सप्तक, शैलेश्वरी, सन्तोष र विद्या र टिम प्रमोदबाट सुरेखा, श्रृजय, आशिष र सुशिल पर्न सफल भएका छन् ।

टप सिक्टिनको फम्र्याट
‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ को टप सिक्सटिनमा प्रत्येक निर्णायकको टिमबाट आफ्ना चार/चार जना प्रतिस्पर्धीहरुलाई प्रस्तुत गराउने छन् भने सो मध्ये केवल २ जना मात्र सेमिफाइलनमा जानेछन् । अबको प्रत्येक कार्यक्रमहरुमा दर्शकको भोटको आधारमा मात्र प्रतियोगीहरुको अगाडि जाने चरण सुरक्षित हुनेछ ।

आफूलाई मनपर्ने प्रतिस्पर्धीहरुलाई दर्शकहरुले भोट गर्न सक्ने सुविधा रहेको छ । भोट गर्नको लागि मोबाइल फोनबाट एसएमएसमा गएर प्रतियोगीको कोड नम्बर टाइप गरेर ३७००० मा सिधै पठाउन सकिनेछ । त्यसैगरि भारतबाट प्रतियोगीको कोड नम्बर टाइप गरेर ५३०१० मा पठाउन सकिनेछ ।

यति मात्र होईन्, दर्शकहरुले आफ्नो ल्याण्डलाइन टेलिफोनमार्फत पनि फोन गरेर प्रतियोगीको कोड नम्बरसहित भोट सक्नेछन् । नेपाल टेलिकमको ल्याण्डलाइनबाट १६६६७७ मा फोन गरेर पनि गर्न आफ्नो मन गर्ने प्रतियोगीको कोड नम्बरसहित भोट सक्नेछन् । मोबाइल एपबाट प्रत्येक प्रतियोगीको लागि अधिकतम ५ वटा भोट गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस